शेयेर गर्नुहोस
टीकापुर २८ माघ /
नव निर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरले सहकारीका सदस्यहरुसँग कृषि अभियान अध्यागमनको पैरवी समन्वय तथा छलफल गरेको छ ।
सहकारी संस्थाका अध्यक्ष भगवती दास चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अमृत साइन्स क्याम्पस काठमाडौंका पुर्व प्राध्यापक तथा नेपाल एक्कवा कल्चर सोसाइटीका संस्थापक अध्यक्ष डा श्याम नारायण लाभ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नेपाल सशस्त्र प्रहरी उच्च माद्यामिक बिधालय काठमाडौंका पुर्व प्राचार्य बबिता लाभ कायस्थ विशिष्ट अतिथि रहेकी थिइन् ।
सहकारीले कृषि क्षेत्रमा सहकारी संस्थाका शेयर सदस्यहरुको आयस्तर माथी उठाउनका लागि आवश्यक छलफल सुरु गरेको संस्थाका व्यवस्थापक कम्लेश जि बोहराले बताएका छन् । “हामीले ऋण लगानी तथा अन्य आर्थिक कारोबार गर्दै आएका छौँ । यसलाई निरन्तरता दिँदै केही नयाँ कामको थालनी गर्नका लागि छलफल सुरु गरेका छौँ । सबै क्षेत्रबाट लिएको सुझाव सल्लाहका आधारमा आगामी दिनमा निर्णयमा पुग्नेछौँ ।” व्यवस्थापक बोहराले भने, “अहिले सुझाव लिने काम सुरु गरेका छौँ । कृषि भित्रको कुनै निश्चित क्षेत्रलाई समेटेर केही गर्ने सोचमा सहकारीले प्रक्रिया सुरु गरेको छ ।”
उनले सहकारी संस्थामा एक करोड ४२ लाख भन्दा बढीको शेयर पुँजी पुगेको बताउँदै शेयर सदस्यहरुले सहकारी प्रति निभाउनुपर्ने दायित्व पूरा गर्नुपर्ने पनि बताए । सहकारीलाई बचत संकलन गर्ने र ऋण लगानी गर्नेमा मात्रै सिमित राख्न नहुने उनको बुझाई छ । सहकारी संस्थाका उपाध्यक्ष झनक राज ओझाले स्वागत गरेको कार्यक्रममा सहकारीका सल्लाहकार संयोजक ज्ञानेन्द्र बहादुर शाह लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमक सञ्चालन सचीव बालबहादुर बोहराले गरेका थिए ।