शेयर सदस्य सहकारीको मेरुदण्ड हुन : सुनार

शेयेर गर्नुहोस


टीकापुर ०६ माघ /

सुदुरपश्चिम प्रदेश सभा सदस्य ललिता सुनारले सहकारीका शेयर सदस्य सहकारीको मेरुदण्डको रुपमा रहने बताएकी छन् ।
नोबेल बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभामा बोल्दै प्रदेश सभा सदस्य सुनारले शेयर सदस्यहरु सहकारीको मेरुदण्डको रहने हुँदा तिनलाई जोगाई राख्नु सहकारीको दाइत्व भित्र पर्ने बताएकी हुन । उनले ग्रामीण क्षेत्रमा सहकारी संस्थाहरु सहकारी मात्र नभइ सानो पुँजी लगानी गरि काम गर्नेहरुका लागि बैंकको रुपमा स्थापित रहेको बताएकी छन् । “सहकारीबाट लिएको ऋण र व्याज तिरौँ त्यसबाट नै सहकारीको पुँजी वृद्धि हुन्छ ।” उनले भनिन, “ऋण भन्ने कुरा एउटैले चलाएर मात्र हुँदै ऋण लगानी भएका व्यक्तिले समयमै ऋण चुक्ता गरे सहकारीका अरु सदस्यले पनि पालो पाउछन् ।”
  कार्यक्रममा पत्रकार पुर्ण विक, खोटेना भुराखानी सामुदायिक वनका कार्यालय सचिव बलबहादुर विक, समाज सेवी प्रेम विसी, प्रेम विक, दानबहादुर विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यसमिति सदस्य टेकबहादुर सार्कीले कार्यक्रममा धन्यवाद मन्तव्य दिएका थिए ।
सहकारीले गत आर्थिक वर्ष २०८०/०८१ को चार करोड ९१ लाख २८ हजार एक सय ६९ रुपैयाँ ८७ पैसा बराबरको आयव्यय प्रस्तुत गरेको छ । सहकारीले कर पछि ५८ लाख ७ हजार ६ सय ८९ रुपैयाँ ५५ पैसा खुद नाफा कमाएको छ ।
   सहकारीले उत्कृष्ट बचत कर्तामा नवीन दमाई, जेष्ठ नागरिक सम्मानमा सहकारीका सदस्य रंग टमट्टा र शेयर सदस्यका परिवारबाट एसईई परिक्षामा उत्कृष्ट नम्बर ल्याउने आयुस्मा विश्वकर्मालाई सम्मान गरेको छ ।
   सहकारी संस्थाका अध्यक्ष लालसिंह टमट्टाको अध्यक्ष्ातामा भएको कार्यक्रम सञ्चालक सचिव नारायण विश्वकर्माले गरेका थिए भने स्वागत उपाध्यक्ष जितबहादुर आउजीले गरेका थिए ।
साधारण सभाले सहकारीको नयाँ संचालक समिती समेत चयन गरेको छ । जसमा अध्यक्ष नारायण विश्वकर्मा, उपाध्यक्षमा मीन बहादुर दमाई, सचीवमा जगत सिह विश्वकर्मा, कोषाध्यक्ष भोज बहादुर विश्वकर्मा चयन भएका छन् । त्यसैगरी सदस्यमा मीन बहादुर विश्वकर्मा, कालू सिंह ताम्राकार, टेक बहादुर सार्की, शंकर तिरुवा र प्रेम चौधरी चयन भएका छन् ।
साधारण सभले लेखा तथा सुपरिवेक्षण समिती पनि चयन गरेको छ । जसको संयोजकमा संयोजकमा भक्त विक, सदस्यमा रमेश बि. क. र जगत बहादुर विश्वकर्मालाई जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *