शैक्षिक सुधार नभए जागिरबाट राजिनामा दिने न्यौपानेको घोषणा

शेयेर गर्नुहोस


भजनी २९ चैत /
भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपानेले विगतका वर्षहरूको तुलनामा यसवर्ष शैक्षिक सुधार नभए जागिरबाट राजिनामा दिने बताएका छन् ।
नगरपालिकाको विगतको नतिजाको आधारलाई मध्यनजर गर्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले यसवर्ष कक्षा ८ र कक्षा १० अर्थात एसईईको नतिजामा गतवर्षको भन्दा सुधार नभए नेपाल सरकारको ३५ वर्षे सेवाबाट राजिनामा दिने बताएका हुन । उनले भनेका छन्, “म भजनी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर मिति २०८१ बैशाख १० गतेबाट आफ्नो पदीय कर्तव्य सुरु गरेर हालसम्म यसै नगरपालिकामा कार्यरत छु । गत वर्षको अत्यन्त दयनीय शैक्षिक अवस्था देखेर अन्य क्षेत्रमा भन्दा शैक्षिक क्षेत्रमा अझ बढी विकास गर्नुपर्छ भनेर मैले आफ्नो बुद्धि र बर्कतले भ्याएसम्म कोशिश गरिरहेको छु । मेहनत गरिरहेको छु ।”
प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले शैक्षिक क्षेत्रमा गरेका महत्त्वपूर्ण कार्यहरूलाई १० वटा बुदामा उल्लेख गरेका छन् । जसअनुसार शिक्षकहरूको असल अभ्यासलाई एक आपसमा आदानप्रदान र सिकाइको माध्यम बनाइएको । दोस्रोमा कक्षा १० मा अध्यापन गराउने विषयगत शिक्षकहरू मध्ये गणित ,विज्ञान र अंग्रेजी विषयको प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा सबै स्कुलका विषयगत शिक्षकहरू सदस्य र शिक्षा अधिकृत सदस्य सचिब रहने गरी अलग अलग विषयगत समिती बनाई सिकाई आदानप्रदान तथा छलफल गरिएको बताइएको छ ।
त्यसैगरी एसईई परिक्षामा शून्य नतिजा आउने बिद्यालयको शिक्षकको तलब रोक्का गरिने परिपत्र परिएको छ भने सबै माध्यमिक बिधालयहरूमा प्रमुख प्रशासकीय अधिकृत आफैं अनुगमनमा गएर अनुगमनका साथै शैक्षिक सुधारमा छलफल गरी कार्यान्वयन गरिएको न्यौपानेले बताएका छन् । त्यस्तै सबै माद्यामिक र अन्य बिधालयहरूमा कोचिङ कक्षा संचालन गर्न प्रोत्साहन गरिएको, शिक्षा सुधारको लागि समिती निर्माण र सुझाब,निर्णय कार्यान्वनको सुरुवात गरिएको, शिक्षकहरूलाई अत्यन्त सम्मान गरेर पठनपाठन लागू गर्नुपर्छ भन्ने अवधारणा अनुरूप कार्यसम्पादन गरिएको छ ।
आठौं नम्बरमा नगरपालिकाबाट शिक्षा ऐन जारी गर्न आफूले सकेको योगदान गरेको र त्यहीँ समयमा शिक्षा ऐन जारी गरिएको, सबै शिक्षकहरूलाई उच्च सम्मानका साथ समन्वय गरेर पठनपाठन गर्ने बातावरणको लागि पहल गरिएको र कक्षा १ देखि १० सम्म अध्ययनरत सबै बिद्यार्थीहरूको स्वास्थ्य संस्थाबाट मासिक स्वास्थ्य परिक्षण गर्ने नयाँ र अन्य पालिकामा नभएको नेपालकै पहिलो र महत्वपूर्ण ब्यबस्था आफुले गरेको बताएका छन् ।
उनले विभिन्न कोणबाट शिक्षाको गुणस्तर सुधार गर्न कोसिस गरिरहेको बताउँदै शैक्षिक सुधार भए नभएको परिक्षण गर्ने मापदण्ड परीक्षा भएको बताए । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले आगामी ५, र ८ को नगरस्तरीय परिक्षा मध्ये ५ को परिक्षा पहिलोचोटी भएकोले तुलना गर्न नसकिए पनि कक्षा ८ कक्षाको नगरस्तरीय परिक्षामा गत वर्ष करिब चौबीस प्रतिशत र एसईई परिक्षामा पाँच प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको अत्यन्त तीतो यथार्थलाई चिर्दै आफुले कार्यारम्भ गरेपछी शैक्षिकसुधार हुन नसकेमा मेरो ३७ वर्षमा चलिरहेको सरकारी जागिरबाट कक्षा ८ र एसईईको परीक्षाफल प्रकाशित भएपछी राजिनामा दिने घोषणा गरेका छन् । उनले भनेका छन् “यस वर्ष गतवर्षको परिक्षाफलमा सुधार नभए मेरो नेपाल सराकारको उपसचिबको पदबाट राजिनामा दिने प्रतिबद्धता व्यक्त गर्दछु ।”

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *