संरक्षणकर्मीले मनाए राष्ट्रिय बाल दिवस

शेयेर गर्नुहोस


खेमराज पाण्डे,
भजनी ३० भाद्र/
डल्फिन,जलचर तथा जैविक विविधता संरक्षण नेपालले “विपदमा बाल अधिकार को सुनिश्चितता: हामी सबै को साझा प्रतिबद्ध” भन्ने नारा लाई सार्थक बनाउँदै राष्ट्रिय बाल दिवस मनाएको छ।क्रममा भजनी नगर पालिका वार्ड नं.८ काढाँढिकमा बाढी र कोरोना (बिपद)ले थलाथला पारेकी अति बिपन्न मोति बिकका चार जना छोरा छोरीको शैक्षिक सामाग्री, खाद्यान्न सहित अन्य सामाग्री सहयोग गर्दै बाल दिवस मनाइएको हो।
भजनी नगरपालिका वार्ड नं.८ काढाँढिकमा मोति बिकको एलनी १ कट्ठामा पथरिया नदीको नजिक बाढीले पूर्णरुप क्षति भएको घर रहेको छ । बिकको श्रीमानको १० वर्ष पहिला भारत,महाराष्ट्रको पुनमा मृत्यु भएको थियो ।भारतमा ज्याला मजदुरी गरी श्रीमानले कामाएर पठाएको रुपियाँले घर ब्यवहार चलाने विकले कमाउने व्यक्तिले यो संसार बाटै हामीलाई छोडेर गए पछि दुख कष्टमा जिबन बिताउनु परेको दुखेसो गरिन। “जिबनमा कमाउने व्यक्ति नै नभए पनि जेनतेन ज्याला मजदुरी गरेर चार बच्चाको स्याहार गरी रहेको थिए।कहाँ बाट कोरोना भाइरस आयो त्यसपछि दुखले झनै सताउदै गयो ” उनले भनिन, ” केही जोहो गर्न नसकेकाले लघु वित्त संस्थाबाट ४० हजार ऋण लिकाएर छोरा छोरी पालनपोषण गरी रहेकोमा गत श्रावन १४ गते आएको बाढीले झन जिबन कष्टपूर्ण बनायो। घरमा भएको सबै बगायो केही बचाएन तर धन्य हामी बच्यौ।” उनले त्यो रातको १ बजे जानकी गाउपालिका जगतपुर बस्ने दिदीकी छोरी भावना बिकले फोन गरी घरबाट सुरक्षित स्थानमा जान नभनेको भए जे पनि हुन सक्ने बताइन।
“लघु वित्तबाट ऋण त लिए तर अहिले अर्को ठाउँमा ऋण लिएर र सामाजिक सुरक्षा भत्ताको रकमले किस्ता तिर्दैछु ” मोतिलेले भनिन,”अब कसरी जिबन निर्बाह गर्ने हो चिन्ताले सताइ रहन्छ। दाताले सहयोग गरेकोे राहत पनि सकियो। सरकारले अर्कै सुरक्षित ठाउँमा स्थानान्तरण गरी घर निर्माण गरी दिएको भए हुने थियो।
बाढी पश्चात एक महिना भजनी वडा नं.१ मा रहेको महुन्याल सामुदायिक बनको जग्गामा पालमा महिना दिन बिताएकि मोति केही नहुने जस्तो लागेर अस्ति मात्र जोखिमपूर्ण घर मै फर्किए पनि अहिले खना बाहिर पकाएर खाने र सुत्न चाहि अर्कैको घरमा जानुपर्ने बाध्यता सुनाउछिन।
उनका १८ वार्षिया जेठी छोरी हरिकला बिक कक्षा १२, १६ वर्षिया माइलि छोरी ममता बिक कक्षा ९, १२ वर्षिया छोरा रमेश बिक कक्षा ८ र ११ वर्षिया कान्छि छोरी करुणा बिक कक्षा ८ अध्ययनरत छन।अहिले सम्म ज्याला मजदुरी गरेर पढाइ रहेकी छु छात्रवृत्ति सहयोग पनि कतै बाट भएको छैन । छोरा छोरीको पढाईमा छूट भएको केहि राहत मिल्थियो बिक भन्छिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *