संस्थागत बिधालय आजबाट बन्द

शेयेर गर्नुहोस


टीकापुर ३० जेठ /
गर्मी अत्याधिक भएपछि निजि तथा आवासीय बिधालय अर्गनाइजेसन (प्याब्सन) टीकापुरले आजबाट एक हप्ताको लागि बिधालय बन्द गर्ने भएको छ ।
प्याब्सन टीकापुरले जेठ ३० गतेदेखि असार ५ गतेसम्म बिधालय बन्द गर्न लागेको हो । २८ गते आइतबार बसेको प्याब्सन टीकापुरको बैठकले जेठ ३० गतेदेखि असार ५ गतेसम्म बिधालयको पठनपाठन बन्द गर्ने निर्णय भएको अध्यक्ष मानबहादुर थापाले बताएका छन् । “गर्मी अत्याधिक भएपछि त्यसलाई मध्यनजर गर्दै हामीले एक हप्ताको लागि बिधालय बन्द गर्ने निर्णय गरेका छौँ । अध्यक्ष थापाले भने, “त्यो समयमा बिधालयको प्रशासनिक कामकाज भएपनि पठनपाठनको काम बन्द हुने छ ।”
उता टीकापुर नगरपालिकाले बिधालय स्तरमा यतिबेला दादुरा रुबेला विरुद्धको खोप अभियान सुरु गरेका कारण बिधालय बन्दले अभियानमा समस्या हुनसक्ने भन्दै प्याब्सनले खोप लगाउने नगरपालिका जनस्वास्थ्य प्रवर्द्धन उपशाखाको कार्यतालिका अनुसार जेठ ३०,३१ र ३२ गते खोप लगाउने सम्बन्धित बिधालयमा आफ्ना बालबालिकालाई ल्याएर खोप लगाउन पनि आग्रह गरेका छन् । टीकापुर नगरपालिकाले सामुदायिक बिधालयमा भने असार १ गतेदेखि बिदा दिने बताएको छ । नगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार पनि असार १ गतेदेखि १५ गतेसम्म गर्मी बिदा उल्लेख गरिएको छ । त्यहीँअनुसार बिधालय बन्द गरिने नगरपालिकाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *