सडक जसरी पनि गर्छौ: ठेकेदार कम्पनी

शेयेर गर्नुहोस

झलनाथ खनाल, अछाम १४ भाद्र / अछामको जयगड माझेठाना रामारोशन सडक खण्ड अन्तर्गत कालोपत्रेका लागि भएको सम्झौता भएअनुसार काम गर्ने प्रतिबद्धता ठेकेदार कम्पनीले गरेको छ ।
यही भाद्र २ गते कैलाश खोलामा आएको बाढीका कारण शिलाबगरदेखि सैनिबजारसम्मको सडक पूर्णरुपमा अबरुद्ध भएको अबस्थामा घट्टे खोलादेखि मुजाबगर –सम्मको सडक कालोपत्रेको जिम्मा पाएको एएनके जयदेबी जेभी नेपालगन्ज बाँकेले सम्झौता भएकै समयमा काम सम्पन्न गर्न नसके पनि काम गर्नै पर्ने भनेको हो । कैलाश खोलामा आएको बाढीले कैयौं ठाउँमा सडक संजाललाई पूर्णरुपमा बिच्छेद गरेको अबस्थामा त्यहीँबाट सडक संजाललाई जोड्ने कि बैकल्पिकबाट जोड्ने भन्ने बिभागले अनुगमन गरेपछि मात्र थाहा हुने ठेकेदार कम्पनीका साइड इन्चार्ज बिरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन् ।
कम्पनीले सडक कालोपत्रेकै लागि गजड बजारमा सञ्चालन गरेको क्रसरमा समेत बाढीले ठूलो क्षति पु¥याएको छ । क्रसरमा तयार भएको गिट्टी, बालुवा बाढीले पुरेको छ भने केही बगाएको छ । एक करोडभन्दा बढी खर्च गरेर क्रसर संचालनमा ल्याएको बताउँदै कम्पनीका साइड इन्चार्ज शाहीले बाढीका कारण तीन करोडभन्दा बढीको क्षति भएको बताएका छन् । ‘सडक कालोपत्रेका लागि भएको सम्झौताअनुसार हामिले सडक निर्माण गर्नै पर्छ र गर्छौ पनि ।’ शाहीले भने, ‘बिभागको अनुगमन पछि त्यही पुरानो ठाउँबाट काम सुरु गर्ने कि अर्को बैकल्पिक क्षेत्रबाट गर्ने त्यो फाइनल भए काम सुरु गर्छौ ।’ कम्पनीका तर्फबाट सो सडकको साइड हेर्दै आएका शाहीले सडकमा क्षति भएको भए पनि त्यो बीमा कम्पनीले तिर्ने भएकोले आफूहरुलाई त्यति समस्या नहुने भन्दै अनुगमन गर्ने निकायले जति छिटो अनुगमन गरी काम गर्ने बाताबरण तयार ग¥यो त्यति नै काम छिटो सुरु गर्न सकिने बताएका छन् ।
सडकको बेसको काम सम्पन्न भएको भए पनि बाढीले बगाएका कारण पुनः पहिलो चरणबाटै काम गर्नु पर्ने देखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको १३ करोड, ७९ लाख,२६ हजार,७ सय, ३३ रुपैयाँ ६८ पैसा बराबरको लागतमा सडक कालोपत्रेको सम्झौता भएको थियो । २०७६ कार्तिक ५ गते आयोजनाको सम्झौता भइ २०७८ असार १७ गते काम सम्पन्न गरिसक्नु पर्ने छ । जयगडदेखि घट्टे खोलासम्म अर्कै ठेकेदार कम्पनीले सडक कालोपत्रेको जिम्मा पाएको छ । सात मिटर चौडाइको सडक निर्माण हुन लागेको हो ।
अछामकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको रामारोशनसम्म यातायातको आवागमन सहज भए ठूला सपना देखेका रामारोशन–बासीका सपनामा कैलाश खोलामा आएको बाढीले पूर्णबिराम लगाइ–दिएको छ । कैलाश खोलाको किनारमा स्थानियहरुले
ब्यापार ब्याबसाय गर्दै आएका छन् । अहिले ती ब्यबसायी पनि त्रासमा रहेका छन् । बाढीले अर्बौंको क्षति पुर्याएको छ भने १७ जनाको बाढीकै कारण मृत्यु भएको छ । २२ घर बाढीले बगाएको छ । पुल, साना लघुजलबिद्युत आयोजना, खेतीयोग्य जमीन बगाउनुका साथै कैयौं बस्ती जोखिममा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *