शेयेर गर्नुहोस
टीकापुर १६ जेठ /
टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरमा बर्दियाँ स्थित किसान कमैयाँ कल्याण बचत तथा ऋण सहकारी संस्थाले अवलोकन भ्रमण गरेको छ ।
किसान कमैयाँ कल्याण बचत तथा ऋण सहकारी संस्थाका संचालक, सल्लाहकार, कर्मचारी, उपसमिति लगायत करिब ५० जनाको टोलीले सहकारीको अवलोकन भ्रमण गरेको हो । अवलोकन भ्रमणका क्रममा आयोजना गरिएको सिकाई आदानप्रदान कार्यक्रममा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष मनोज कुमार साउँदको अध्यक्षता तथा जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुंगाना प्रमुख अतिथि रहेका थिए भने, किसान कमैयाँ कल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष सरस्वती शर्मा तथा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार संयोजक तथा निवर्तमान अध्यक्ष बद्रि प्रसाद भट्टराई विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक छबिलाल जैशीले अतिथिहरुलाई स्वागत सहित जनकल्याण सहकारीले स्थापनादेखि हालसम्म संचालन गरेका गतिविधिका सम्बन्धमा जानकारी दिनुका साथै अवलोकनमा सहभागि व्यक्तीत्वहरुको राखेका जिज्ञासाहरुको जवाफ दिएका थिए । किसान कमैयाँ कल्याण बचत तथा ऋण सहकारीले लुम्बीनी प्रदेशको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गर्न सफल भएको संस्थाका प्रमुख व्यवस्थापक प्रतिमा सुवेदी खनालले जनकारी दिइन ।
कार्यक्रममा दुबै संस्थाका तर्फबाट एकआपसमा मायाको चिनो प्रदान गरिएको थियो । आगामी दिनमा समेत सुदूरपश्चिम र लुम्बीनि प्रदेशमा उत्कृष्ट सहकारी व्यावसाय संचालन गदै आएका दुबै सहकारीहरु बीचमा असल सिकाइ तथा अनुभवहरु साटासाट तथा एकआपसमा सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता समेत जनाइएको छ ।










