शेयेर गर्नुहोस
टीकापुर १९ जेठ /
टीकापुर ट्यूसन सेन्टरले २०८० सालमा काेरियन भाषा परिक्षा पास गरेका सीप बिल्डिङ्ग र म्यान्युफ्याक्चरिङ्ग तर्फ पास भएका विद्यार्थीहरुलाई एक कार्यक्रम आयोजना गर्दै शनिबार बधाई तथा शुभकामना दिएको छ ।
२०६९ सालमा स्थापना भएकाे ट्युसन सेन्टर स्थापनकालमा २९ जना बिद्यार्थी वटा सुरु भएकाे ट्युसन सेन्टरमा हाल दुई हजार ९ सय जना बिद्यार्थी लाेक सेवा, काेरियन, जापनीज भाषा कक्षा, वृजकाेष र साधारण विषयका कक्षाहरुको अध्ययन गरिरहेका छन् । बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले युवा पुस्तालाई वैदेशिक रोजगारीमा जानबाट राेक्ने चाहान हुँदाहुँदै पनि विभिन्न बाध्यताले स्वदेशमा युवाहरुलाई रोक्न नसकिएको बताएका छन् ।
उनले पढेलेखेका व्याक्तीहरुमा केही लाेकसेवा सरकारी जागिरमा भए पनि अधिकांश दक्ष जनशक्ति विदेश पलायन भएको बताए । “हामीसँग सम्भावना धेरै छ । त्यसको भविष्यमा प्रश्न उठिरहेको छ ।” नगर प्रमुख थारुले भने, “त्यो सम्भावनालाई उद्यममा बदल्न नसकेसम्म समृद्ध नेपाल बनाउन सकिँदैन । पहिला दक्ष जनशक्तिलाई स्वदेशमा काम गर्ने वातावरण सिर्जना गर्न ध्यान दिनुपर्छ ।” उनले विदेश गएर दिर्घकालीन समस्याको सामाधान नहुने बताउँदै विदेशकाे कमाईलाई स्वदेशमा लागानी गर्न अनुराेध पनि आग्रह गरेका छन् ।
कार्यक्रममा जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चाैधरीले पास भएका सम्पुर्ण विद्थीलाई बाधाईसँगै मेहनत गर्न नछाेडन अनुराेध गरेका छन् । उनले बाटाे परिवर्तन गरेर भए पनि अगाडी बढाउन सकिने भन्दै सम्भावनाहरुको पहिचान नभएर विकल्पमा भविष्य नदेखेपछी कैयौंको रोजाइ विदेश भएको बताएका छन् । हिमालय इन्स्योरेन्स मार्केटिङ प्रमुख अमित चाैधरी, वीरेन्द्र विधा मन्दिर माद्यामिक बिधालयका शिक्षक प्रेम चौधरी, उद्योग वाणिाज्य सघ टीकापुरका वरिष्ठ उपाध्यक्ष सन्ताेष खड्का, सप्तऋषि माध्यामिक विद्यालयका प्रधानाध्यापक लिखराम चाैधरी, विद्यार्थीकाे तर्फबाट भागिरथी चाैधरी, किशाेर खड्का, उद्योग वाणिज्य संघ टीकापुरका सदस्य प्रकाश तिमिल्सिना,झपी ओझा, टीकापुर ट्युसन सेन्टरका भाषा प्रशिक्षक जंग बहादुर चाैधरी, दिनेश कुमार थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रबन्धक निर्देशक सुरेश कुमार कठरियाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत हरिकृष्ण कठरियाले गरेका थिए भने कार्यक्रम सञ्चालन शेखर कोइरालाले गरेका थिए ।