शेयेर गर्नुहोस
टीकापुर, पुस ३० /
सुदुरपश्चिम प्रदेस सभाले तत्काल सभामुख पाउने संभावना न्यून बनेको छ । निर्णायक नागरिक उन्मुक्ति पार्टीले मतदान नगर्ने भनेपछि सुदूरपश्चिम प्रदेश सभाले सभामुख तत्काल नपाउने भएको हो ।
शनिबार अबेर शुरु भएको प्रदेश सभा बैठक मा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले बोल्दै अहिले तत्काल कुनै पक्षलाई मतदान नगर्ने बताएपछि सभामुख निर्वाचन अन्येलमा परेको हो । सत्ता पक्षमा रहेको उन्मुक्ति पार्टीले मतदान नगर्ने भएपछि निर्वाचित हुन आवश्यक सङ्ख्या २७ नपुग्ने भएको हो ।
५३ सदस्यीय प्रदेश सभामा सभामुख निर्वाचित हुन ५१ प्रतिशत अर्थात् २७ जना सदस्यको मत आवश्यक हुन्छ ।
सत्ता पक्षसँग आवश्यक सङ्ख्याभन्दा दुई जना बढी अर्थात् २९ सांसद छ्न् । तर उन्मुक्ति पार्टीका सात जनाले मतदान नगर्ने भएपछि अब सत्ता पक्षसँग २२ जना मात्र रहने भएका छ्न् । सत्ता पक्षमा माओवादीका ११, एमालेका १० र राप्रपाका एक प्रदेशसभा सदस्य छन् । सभामुखमा सत्ता पक्षबाट माओवादीका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् ।