सभामुखमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

शेयेर गर्नुहोस


काठमाडौ ०४ माघ /
नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उमेदवारी दिने निर्णय गरेको छ । आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको कांग्रेस पदाधिकारीको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

दिउँसो २ बजे संसदीय दलको बैठक बसेर उमेदवारको टुंगो लगाउने निर्णय गरिएको छ । त्यसअघि, अरू दलका नेताहरूसँग छलफल गरेर बहुमत जुटाउन प्रयास गर्ने बताइएको छ ।

आजै पदाधिकारी बैठकअघि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले देउवालाई भेटेका थिए ।

कांग्रेस नेताले फेरि एकपटक एकीकृत समाजवादी, जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाका नेतासँग छलफल गर्ने तयारी गरेका छन् । सभामुख एकीकृत समाजवादी वा विपक्षी अरू दललाई दिएर उपसभामुख र राष्ट्रपतिमा आफ्ना उमेदवार उठाउने विकल्पमा कांग्रेस नेताले छलफल गर्न लागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *