शेयेर गर्नुहोस
टीकापुर १२ माघ /
नेपाली काँग्रेस जानकी गाउँपालिका वडा नं. ६ को माघी मिलन तथा पार्टीको सय दिने विशेष अभियान सम्पन्न भएको छ ।
पार्टीका वडा कमिटी कार्यवाहक सभापति खडक बहादुर शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पुर्व संविधान सभा सदस्य बुद्धिशागर चौधरीले देशको हितमा इतिहासलाई साची राखेर हेर्दा नेपाली काँग्रेस पार्टी जनताको पार्टी भएको बताएका छन् । उनले पार्टीले चलाएको सय दिने विशेष अभियानले पार्टीलाई थप मजबुत र जनताको माझमा पुग्ने सुनौलो अवसर सिर्जना गरेको बताउँदै पार्टीलाई एक ढिक्का बनाउने काममा अभियान सफल भएको बताए ।
कार्यक्रममा पार्टीका सुदुरपश्चिम कार्यसमिति सदस्य कासीराम देवकोटा, महासमिति सदस्य डा जितेन्द्र उपाध्याय, पुर्व महासमिति सदस्य भरत कडायत, कैलाली क्षेत्र नं. १ प्रदेश क का सभापति पर्शुराम महत्तो, गाउँपालिका सभापति गणेश राज रेग्मी, निवर्तमान सभापति लक्ष्मीप्रसाद खनाल, शिक्षक महासंघ कैलालीका अध्यक्ष गणेश ओझा, जिल्ला सदस्य नेत्र शर्मा, जिल्ला प्रतिनिधि नवराज उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।
पार्टीका वडाका सक्रिय सदस्य ध्रुवराज न्यौपानेले सञ्चालन गरेको कार्यक्रमको स्वागत नयाँराम बटालाले गरेका थिए ।










