शेयेर गर्नुहोस
टीकापुर २२ माघ /
टीकापुर स्थित कर्णाली माद्यामिक बिधालयमा सरस्वती मुर्ति स्थापना गरिएको छ
सरस्वती पुजाको अवसर पारेर सोमबार टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु र वडा नं.१ का वडा अध्यक्ष तथा बिधालय व्यवस्थापन समितिका अध्यक्ष मोहन विकले संयुक्तरुपमा मुर्ति अनावरण गर्दै पुजाको सुरुवात गरेका हुन । बिधालयको हाताभित्र सरस्वतीको मन्दिर स्थापना गरेर मुर्ती अनावरण गर्दा त्यसले शिक्षक तथा बिद्यार्थीहरुमा सकारात्मक उर्जा दिने विश्वास प्रधानाध्यापक धर्मराज शर्माले गरेका छन् ।
उनले लामो समयको प्रतीक्षा पश्चात् सबैको सहयोग र सहकार्यले सरस्वतीको मन्दिर स्थापना गर्न सफल भइएको बताए । “विगतमा पिपलको रुखमा सरस्वतीको फोटो राखेर पुजा गरिन्थ्यो । यसपटक मन्दिर निर्माण गरेर मुर्तिमा पुजा गर्नुको आनन्द नै बेग्लै भयो ।” उनले भने, “यसले बिधालय भित्रको वातावरणलाई आनन्दमय बनाउन थप मद्दत गर्ने विश्वास लिएका छौँ ।” कार्यक्रममा निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावल, वडाका निवर्तमान वडा अध्यक्ष गंगाराम आचार्य, बिधालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।