सहकारीको अध्यक्षमा जैशी चयन

शेयेर गर्नुहोस


पदम राज जैशी (नानु) असार १३/
श्री वन संरक्षण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भजनीको अध्यक्षमा देविराम जैशी चयन भएका छन् ।
मंगलबार भएको सहकारी संस्थाको विशेष साधारण सभाले जैशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा धनसरा सुनार, सचीव केशरबहादुर बोहरा, सहसचिव धनीराम भण्डारी, कोषाध्यक्ष फुलरानी डंगौरा रहेका छन् । संस्थाको सदस्यमा भागिरथी कामी, बिरबहादुर बोहरा, फक्कु डंगौरा र लम्कु कठरिया चयन भएका छन् ।
त्यसैगरी सो साधारण सभाले लेखा समिती पनि चयन गरेको छ । जसमा लेखा संयोजकमा रामचरण चौधरी छन् भने सदस्यमा कलाकती साउँद र साजन राजी रहेका छन् । लामो समयदेखि नेतृत्व विहिन भएको सहकारी संस्थाले नयाँ नेतृत्व पाएसँगै संस्था चलायमान हुने अपेक्षा गरिएको छ । सहकारी संस्थाले सञ्चालन गरेको बेल जुस उद्योग पनि अस्तव्यस्त अवस्थामा रहेको छ । बजारीकरणको समस्याले बेल जुस उद्योगले सोचेजस्तो प्रगति गर्न नसकेको स्थानीय बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *