शेयेर गर्नुहोस
टीकापुर १५ पुस/
नव निर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष भगवतीदास चौधरीको अध्यक्षतामा भएको साधारण सभामा सुदुरपश्चिम प्रदेश सरकारका भुमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरीले सहकारीहरुले उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । उनले कतिपय सहकारी नाफा कमाउने उद्देश्यका साथ स्थापना भएको बताउँदै सहकारी रोजगारी र उत्पादनसँग जोडिन आवश्यक रहेको छ । “सहकारी सेवामुखी हुन सकेका छैनन् । नाफा मुखी हुन खोज्दा कैयौं सहकारीको अस्तित्व समाप्त पनि भएको छ ।” मन्त्री चौधरीले भने, “सेयर सदस्यहरुको जीवनस्तर उकास्नका लागि सहकारी जिम्मेवार भएर उत्पादन र रोजगारीलाई प्राथमिकतामा राख्न सक्नुपर्छ ।”
उनले प्रदेशमा तीन हजार भन्दा बढी सहकारी रहेको बताउँदै प्रदेशको मातहतमा २० प्रतिशत मात्रै सहकारी सक्रिय रहेको बताए । मन्त्री चौधरीले राज्यस्तरबाट सहकारीको अनुगमन हुन नसक्दा पनि सहकारी प्रतीको विश्वास कम हुँदै गएको बताए । “स्थानीय तहले सहकारीको अनुगमन गर्न सकेको छैन । प्रदेश मातहत रहेका सहकारीको अनुगमन प्रदेशले गर्न सकेको छैन । त्यसबाट सहकारी ब्याक्ती विश्व पनि बनेका छन् ।” मन्त्री चौधरी भन्छन्, “अनुगमनको दायरमा ल्याएर नियममा कडाई गर्ने हो भने सहकारी नागरिकहरूको सहयोगी बन्न सक्छन् ।”
टीकापुर नगरपालिकाका वडा अध्यक्ष मोहन विकले सहकारीमा ऋणकै लागि मात्रै सेयर सदस्य बन्ने प्रचलन बढेको बताएका छन् । उनले सहकारीमा ऋणका लागि मात्रै नभई बचत गर्ने बानी बसाल्नुपर्ने बताए । “हाम्रो बित्तीय पहुँच ठुला बैंकहरुसम्म पुग्दैन । हाम्रा लागि सहकारी नै सजिलो माध्यम हो ।” अध्यक्ष विकले भने, “सहकारीले जीवनस्तर उकास्ने कार्यमा लाग्नुपर्छ । सहकारीलाई उत्पादनसँग जोड्न आवश्यक छ भने आफू र आफ्ना अनुकुलकालाई केन्द्रित गरेर सहकारीको सञ्चालन गर्नु गलत हो ।”
कार्यक्रममा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक छविलाल जैशीले पछिल्लो सयम सफल सबैको प्रहारको चपेटामा रहेको बताएका छन् । केही खराब सहकारीहरुको कार्यशैलीका कारण असल सहकारीहरु पनि समस्यामा परेको उनको भनाइ छ । उनले संस्थाका सदस्यहरुको जागरूकताले संस्था बलियो बन्ने बताएका छन् । सहकारीले उत्कृष्ट बचतकर्ताको रुपमा भुमिशरा चपाईलाई सम्मान गरेको छ । उत्कृष्ट विना धितो ऋणीमा पमिसा रावल र धितोमा चित्रबहादुर चौधरी सम्मानित भएका छन् । सहकारीले असल बजार प्रतिनिधिको रुपमा जानकीदेवि कठायतलाई सम्मान गरेको छ । शोभा रावल, भगवती रावल कुँवर, पवित्रा जोशी र पार्वती कठायतलाई सहानुभूति पुरस्कार प्रदान गरिएको छ ।
सहकारी संस्थाले गत आर्थिक वर्ष २०७९/०८० मा १४ लाख ५४ हजार ४३ रुपैयाँ ६० पैसा खुद नाफा कमाउन सफल भएको छ । सहकारीको आर्थिक वर्ष २०७०/०८०को असार मसान्तसम्म एक करोड ३३ लाख ५९ हजार ६ सय पुगेको छ भने सहकारीको निक्षेप एक करोड ६६ लाख ७७ हजार ८ सय ४३ रुपैयाँ संकलन गरेको छ । सहकारीको कुल कारोबार चार करोड १२ लाख ५७ हजार ९ सय ७९ रुपैयाँ २९ पैसा रहेको बताइएको छ । सहकारी संस्थाको आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म ७८ लाख ४७ हजार ११ रुपैयाँ ४९ पैसा बैंक मौज्दात रहेको संस्थाका व्यवस्थापक कलमेश जि बोहराले जानकारी दिएका छन् ।
सहकारीले नयाँ सञ्चालक समिती समेत चयन गरेको छ । भगवतीदास चौधरीको अध्यक्षतामा नयाँ सञ्चालक समिती चयन भएको हो । जसको उपाध्यक्षमा झनकराज ओझा, सचीवमा बालबहादुर बोहरा, कोषाध्यक्ष जानकीदेवि कठायत रहेका छन् । सदस्यमा पुर्णबहादुर विष्ट, सोमबहादुर शाही, मथुरा रावल, टेकबहादुर बोहरा र भगवती बोहरा चयन भएका छन् । त्यसैगरी लेखासमिती संयोजकमा प्रकाश ओली चयन भएका छन् । सदस्यमा जनक चौधरी र माया कुमारी बोहरा बोगटी चयन भएका छन् ।