सहजकर्ताको काम गरेर दैनिक दुई हजार आम्दानी

शेयेर गर्नुहोस


गणेश क्षेत्री
कंचनपुर १८ मंसिर
/भिमदत्त नगरपालिका ४ का दुई स्कुले छात्रा ले दैनिक २ हजार को आम्दानी गरिरहेका छन् ।
घरेलु उध्योग र राजस्व बिभागमा मा करदाताको दर्तामा सहजकर्ताको कार्यगरेबापत उनिहरुले आम्दानी हुने गरेको बताएका छन्
लकडाउन को अबधिमा कार्यालयहरु बन्द भएकोले आम्दानी नभएको र आफ्नै बारिमा लगाएको तरकारी बेचेर जम्मा गरेको पैसाले घर खर्च चलाउनुपरेको उनिहरु बताउछन् । लकडाउन खुलेपनि स्कुल नखुलेकोले समयको सदुपयोग गरेर उध्योग दर्ता र राजस्व सड्ढलन कार्यालयमा सहजकर्ता बनेर उनिहरुले दैनिक आम्दानी गरिरहेका छन् । आम्दानी गरेको पैसाले स्कुलको सुल्क ,कापी किताब घरखर्च र केही रकम बचत गर्नेगरेको हिमानी रावल ले बताइन् ।हिमानी रावल र गौमती रावल दुबै जना बैजनाथ माध्यमिक बिध्यालयमा कक्षा १० र ९ अध्यनरत छन् । उनिहरु शिक्षा बिना जीवन अन्धकार हुन्छ तेसैले पैसा सङ्सङ्गै अध्यन लाइपनी निरन्तरता दिने बताउछन् । स्कुल बिस्तारै खुल्ने क्रममा छ अब स्कुल जाने हिमानि रावलले बताइन् । तर कोरोना फैलिने त्रास पनि तेत्तिकै रहेको ले साबधानी अपनाएर स्कुल जाने मनस्थितिथिमा रहेको गौमती रावलले बताइन् ।
हिमानी रावल को भबिस्यमा नेपाल आर्मिमा र गौमती रावल को पत्रकारिता क्षेत्रलाई अङ्गाल्ने सोचाइ रहेको बताए । स्वास्थ ,शिक्षा मा सबैको पहुँच हुनुपर्ने र निसुल्क हुनुपर्ने उनिहरुको भनाइ छ ।छात्रामैत्री स्कुल नभएकोले छात्राहरुलाइ स्कुलमा महिनावारी भएको समयमा घरैबस्नुपर्ने अवस्था पनि रहेको हिमानी रावल ले बताइन ।महिनावारिको समयमा प्याड उपलब्ध गराएमा छात्राहरुको समस्या केहिमात्रामा भएपनी समाधान हुने उनिहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *