शेयेर गर्नुहोस
टीकापुर ०५ माघ /
प्रेस सेन्टर नेपाल कैलालीको छैठो जिल्ला अधिवेशनको कुनै बैठकमा सहभागी नभएका र प्रेस सेन्टर भनेर नचिनेकालाई पदाधिकारीमा समेट्दै सम्मेलन सम्पन्न गरेको छ ।
आयोजित प्रेस सेन्टर नेपाल कैलालीको छैठौं जिल्ला अधिबेशनबाट सुरेन्द्र ताम्राकारलाई पार्टी र संगठनका नेताहरूले आकांक्षीलाई बाइपास गर्दै अध्यक्षमा ल्याउँदा केही पदाधिकारी सहभागी हुन सकेनन् भने केहि पदाधिकारीलाई जबर्जस्ति पदाधिकारी चयन गरेको छ् ।
उपाध्यक्षमा मंगल बास्कोटेलाई चयन गर्दा, महिला उपाध्यक्षमा जगत कुमारी जैशी अधिवेशनको कुनै सत्रमा सहभागी भइनन भने सह- सचिव हिक्मत भुल पदाधिकारी घोषणामा सहभागी देखिएनन । त्यस्तै कोषाध्यक्ष-खेम पाण्डेयले कोषाध्यक्ष पदमा आफ्नो इच्छा नभएको जबर्जस्ति राखिएको भन्दै आपत्ति जनाए । “यो पत्रकारको संगठनमा पार्टीको व्यापक हस्तक्षेप भएको छ । यसरी हस्तक्षेपकारी भुमिकाबाट बनाइएको कमिटिमा मलाई बस्नु छैन ।” उनले भने, “म कोषाध्यक्ष होइन । जबर्जस्ति बनाइएको हो । म त्यो कमिटीको कुनै पनि काम कारबाहीमा सहभागी हुँदैन ।”
त्यस्तै सहसचिवमा अर्को व्यक्ति अधिवेशनले पाउन सकेन । अधिवेशनको उपस्थितिमा सहसचिव बन्ने व्यक्ति नभेटिँदा सहसचिवको टुंगो लगाउन सकेन । उता सदस्य दीपक टमट्टा, शान्तिप्रसाद जोशी, राजेन्द्र विश्वकर्मा, दसीराम चौधरी, दिपक बम ,मनिषा सुनार ,यग्यराज उपाध्याय ,सागर चौधरी लाई जिम्मेवारीमा ल्याउदा राजेन्द्र विश्वकर्मा, दशीराम चौधरी, यज्ञराज उपाध्यायले पनि आफुहरुलाई जानकारी नगराएर कमिटीमा राखिएको भन्दै आपत्ति जनाएका छन् ।
एकाध व्याक्तीको स्वइच्छाचारीका कारण संगठनलाई अस्तव्यस्त बनाउने काम भएको भन्दै आगामी दिनमा संगठनले काम गर्न नसक्ने र कमजोर हुँदै जाने संगठनबाट बाहिर भएका निवर्तमान पदाधिकारीको भनाई छ । लोकतान्त्रिक पद्धतिलाई मिचेर अहिलेको व्यवस्थामा पनि केन्द्रियता लादेर पदाधिकारी चयनलाई आपत्तिको रुपमा लिइएको छ ।