सहि सुचना प्रवाहका लागि पत्रकारसँग छलफल

शेयेर गर्नुहोस


टीकापुर २३ चैत /
टीकापुर नगरपालिकाका पत्रकारहरुसँग विपद तथा जलवायु परिवर्तन सम्बन्धि मिथ्या र भ्रामक सुचना र विपदको समयमा पत्रकारको भुमिका सम्बन्धि एक दिने छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
टीकापुर नगरपालिका स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रको आयोजनामा भएको उक्त अभिमुखीकरण कार्यक्रममा टीकापुर नगरपालिका भित्रका सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो । छलफलका क्रममा नेपाल पत्रकार महासंघ कैलाली शाखाकी उपाध्यक्ष दुर्गा देवकोटाले विपद जोखिम न्यूनीकरणमा पत्रकारहरुको भुमिका महत्त्वपूर्ण रहने बताएकी छन् । उनले विपद पश्चातका घटनामा जस्तै विपद पुर्व तयारीको लागि पनि पत्रकारहरुले कलम चलाउनुपर्ने भन्दै संचार गृहमा पनि विपद व्यवस्थापन केन्द्र सञ्चालन गरेर काम गर्न सकिने बताएकी छन् ।
पत्रकार परमानन्द पाण्डेले केही मिडियाको भ्रामक सुचनाले जोखिममा परेको समुदाय झन जोखिममा पर्ने गरेको बताएका छन् । उनले डिजिटल मिडियामा मिथ्या र भ्रामक समाचारहरु बढी देखिने गरेको बताउँदै पत्रकारले तथ्यको आधारमा समाचार लेख्नुपर्ने बताए । जलवायु परिवर्तनका कारण विपद जहिले पनि आउन सक्ने भएको हुँदा त्यसको पुर्व तयारीमा बसिरहनुपर्ने उनको भनाई छ ।
पत्रकार ईश्वर साउँदले जलवायु परिवर्तनले निम्त्याउन सक्ने जोखिमको बारेमा जिम्मेवार भएर श्रोतालाई सूचना पुर्याउने काममा काम भरहेको बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटी टीकापुर नगरपालिकाका फोकल प्रशन तपेन्द्र तिमिल्सिनाले नगरपालिकाले पुर्व सुचना प्रणालीका संयन्त्रहरुलाई विशेष महत्त्वका साथ लिएको बताएका छन् । उनले अहिले पनि पुर्व तयारीका गतिविधिमा काम भैरहेको बताउँदै विभिन्न संघसंस्थाहरुको समन्वयमा नगरपालिकाले कृतिम घटना अभ्यासका कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको बताएका छन् । विपदका सुचना प्रवाहमा भाषागत समस्या रहेको तथ्यांकले देखाएको पनि तिमिल्सिनाले बताए । “समुदायका लागि प्रवाह भएका ७० प्रतिशत सुचनाहरु वडा कार्यालयसम्म मात्रै पुग्ने गरेको विगतको तथ्यांकले देखाएको छ ।” उनले भने, “अहिले पनि ३० प्रतिशतले सुचना प्रयाप्त मात्रामा पाउन सकेका छैनन् । सुचना पुर्याउने काममा पत्रकारहरुले सकारात्मक भुमिका खेल्न सक्छन् ।”
नगरपालिकाकी विपद व्यवस्थापन उपशाखा प्रमुख निर्मला चौधरीले सहजीकरण गरेको कार्यक्रमको अध्यक्षता विपद व्यवस्थापन समिती सदस्य लब्ली चौधरीले गरेकी थिइन ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *