सामाजिक सञ्जाल : सम्भावना र जोखिम सँगसँगै

शेयेर गर्नुहोस


सीता चौधरी, टीकापुर १६ असोज /
टीकापुर नगरपालिका वडा नं. तुल्सी घिमिरेले अहिले सामाजिक सञ्जाललाई सिकाइको आधार मान्छिन ।
सामाजिक सञ्जालबाट नराम्रो कुरा नभई राम्रा कुरा सिक्न सकिने तथा फेसबुक युटुब, टिकटक जस्ता प्लेटफर्मबाट अनलाइन व्यापार लगायतका आम्दानीका कामहरू गर्न सकिने उनको विश्वास छ । सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत गोपनियतालाई ध्यान दिएर प्रयोग गर्नुपर्ने भन्दै उनले “अहिले कुनै व्यापार व्यवसाय सञ्चालन गर्दा प्रचारप्रसारको राम्रो माध्यम बन्दै आएको छ । कैयौं रोजगारीका अवसर सिर्जना भएका छन् । सामाजिक सञ्जालबाटै राम्रो आम्दानी गरिरहेका छन् ।”
टीकापुर नगरपालिका वडा नं. १ गणेशपुर की फूलकुमारी चौधरीले सामाजिक सञ्जालबाट विभिन्न सीप सिक्ने अवसर प्राप्त गरेको बताएकी छन् । “सिलाकटाइ, फेशन डिजाइन लगायतका सीप अनलाइनबाट सिक्ने अवसर पाए । त्यो सीपलाई आम्दानीसँग जोडेकी छु ।” उनले भनिन्, ” सामाजिक सञ्जालमा आउने सबै विषयवस्तु नराम्रो हुँदैन । त्यसको सहि प्रयोग गर्न सके सामाजिक सञ्जालले कैयौंका जीवन परिवर्तन भएको सुन्न पाइन्छ । उत्पादन भएको वस्तुको बजारीकरणका लागि प्रचार गर्ने महत्त्वपूर्ण साधन सामाजिक सञ्जाल बनेको उनको ठहर छ ।
टीकापुर नगरपालिका वडा नं.२ राजीपुरकी मनिषा रोकायले सामाजिक सञ्जालबाट बालबालिकालाई अतिरिक्त ज्ञान हासिल गर्न सजिलो भएको बताएकी छन् । उनले घरमा बालबालिकालाई किताबको भन्दा अतिरिक्त ज्ञान प्रदान गर्न आफुले सामाजिक सञ्जालको सहायता लिने गरेको बताइन् ।
“बालबालिकाका लागि उपयोगी हुने विषयवस्तुको छनोट मैले सामाजिक सञ्जाल, तथा नयाँ प्रविधिबाटै लिने गरेकी छु ।” उनले भनिन्, “डिजिटल माध्यमबाट बालबालिकाको सिकाई छिटोछरितो हुने र सहजरूपमा बुझ्ने गरेका छन् ।” उनले टिकटक लगायतका प्लेटफर्मबाट धेरैले व्यापार सँगसँगै विभिन्न सन्देशमुलक भिडियो पोस्ट गरेर आम्दानी पनि हुने गरेको बताएकी छन् ।
टीकापुर नगरपालिका वडा नं. १ का दिनेश साउँदले फेसबुक, टिकटक लगायतका सामाजिक संञ्जालमार्फत आफनो कला प्रस्तुत गरेर आम्दानीका साथै कलाकारितामा भविष्य देख्नेहरुका लागि महत्त्वपूर्ण माध्यम बनेको बताए । “प्रतिभा र सीप भएका व्यक्तिका लागि सामाजिक संञ्जाल आफनो क्षमता प्रदर्शन गर्ने राम्रो माध्यम बनेकोछ । यसलाई कसैले आयआर्जनमा जोडेका छन् भने कसैले सामाजिक सञ्जालबाटै व्यावसायिक कलाकारिताको उचाई बढाएका छन् ।”
सामाजिक सञ्जाललाई सहि रुपमा प्रयोग गर्दा धेरै कुरा सिक्न सकिने भए पनि पछिल्लो सयम सामाजिक सञ्जालको गलत प्रयोगले चुनौती पनि उत्तिकै थपेको टीकापुर नगरपालिका वडा नं.१ कि गिता टमट्टाले बताएकी छन् । उनले राम्रो भन्दा नराम्रो कुरा छिटो भाइरल हुन थालेपछि प्रयोगकर्ताले पनि सकारात्मक कुरालाई भन्दा नकारात्मक कुरालाई प्राथमिकता दिने गरेको आरोप लगाइन् । बालबालिकाहरु पनि सामाजिक सञ्जालमा आवश्यक भन्दा अनावश्यक कुराहरु बढी हर्ने गरेको उनको बुझाइ छ । सामाजिक सञ्जालको गलत प्रयोगले बालविवाहको जोखिम बढ्नुको साथै पछिल्लो समय आत्महत्याको घटना बढेको गिताल बताएकी छन् ।
सामाजिक सञ्जालले यो ब्रह्माण्डलाई एकै ठाउँमा संकुचित पार्न सफल भएको छ । आज त्यहीँ सामाजिक सञ्जालकै कारण देश तथा विदेशमा रहेका आफन्त परिवारहरुले सहज रुपमा सम्पर्क गर्न गर्न सकेका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *