शेयेर गर्नुहोस
खेमराज पाण्डे, भजनी १९ भदौ /
बर्दगोरीया गाउँपालिका वडा नं.१बौनियामा सेवाकेन्द्र उद्घाटन गरिएको छ ।
स्थानीय तहमा प्रवाह गरिने सेवालाई छिटो छरितो र प्रभावकारी रुपले स्थानीय तहमा पु¥याउने उद्देश्यले सामुदायिक कृषि प्रसार सेवा केन्द्रको कार्यालयको स्थापना गरिको हो । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खकेन्द्र प्रसाद शर्माकोअध्यक्ष्तामा भएको कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, तथा कृषि सहकरी मन्त्रालयका माननिय मन्त्री विनिता चौधरी, विशिष्ट अतिथि माननिय राज्यमन्त्री मान बहादुर सुनार, विशिष्ट अतिथि माननिय नन्द बहादुर साउद अतिथिहरुमा गाउँपालिका अध्यक्ष बलिराम चौधरी, उपाध्यक्ष भगवती देवी डगौरा थारु, वडा अध्यक्ष, वडा सदस्य , गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, वडघरहरु, समाजसेवी बुद्धिजीवि लगाएतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा मन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख चौधरीले कृषिले दिने सेवा सुविधा सेवाग्राहीले प्रभावकारी रुपले प्राप्त गर्ने ।यस क्षेत्रका स्थानीय तहमा किसानलाई धनगढी धाउन पर्दैन धनगढीबाट हुने सेवा बर्दगोरियामा स्थापना भएको समुदायिक कृषि प्रसार सेवाकेन्द्रले ८वटा स्थानीय तहमा दिने सेवा उपलब्धी भएकाले सबैले सहयाेग गर्नु पर्ने वताउनु भएको थियो । कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्षले कैलालीका स्थानीय तहमा सेवादिने जस्मा महुन्याल ,घोडाघोडी,बर्दगोरिया,लम्कीचुहा,भजनी,जोशीपुर,टीकापुर,जानकी रहेका छन ।सेवा दिन थाले पछि सेवाग्राहीलाई अझै सहज हुने बताएका छन्।उक्त कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपले सहयोग गर्ने र सल्लाहा सुझाव दिन सबैलाई आग्रह गरेका छन्। कार्यक्रमको स्वागत् भूमिराज उपाध्यायले गरेको कार्यक्रम सञ्चालक जनक बहादुर बोहराले गर्नु भएको थियो ।










