सामुदायिक सहकारीको २२ औं वाषिर्कोत्सव सम्पन्न

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०२ भदौ /

सामुदायिक सहकारी संस्थाको २२ औं वार्षिकोत्सब कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
सहकारी संस्थाका उपाध्यक्ष दिपक दिपक साउँदको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले सामुदायिक सहकारी ग्रामीण क्षेत्रका नागरिकहरूका लागि वरदान बनेको बताएका छन् । उनले टीकापुरका सबै सहकारीहरुलाई एकै ठाउँमा राखेर नगरपालिकाले संयुक्त छलफल चलाउने बताएका छन् । “समुदायमा सहकारीको भुमिका निकै महत्त्वपूर्ण छ । अब सहकारीहरुले सामाजिक उतरदाइत्व अन्तर्गतको समाजलाई लगानी गर्न नगरपालिकासँग साझेदारी गर्नका लागि छलफल चलाउनु पर्ने छ ।” नगर प्रमुख थारुले भने, “समाजको विकासका लागि सहकारी र स्थानीय सरकारको समन्वय र सहकार्य निकै आवश्यक छ ।”
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ६ कावडाअ अध्यक्ष बलिराम चौधरी काम बोलेर नहुने बताउँदै व्यवहारमा देखाउनुपर्ने बताएका छन् । उनले ग्रामीण क्षेत्रमा सहकारीले गरेको विकास र नागरिकहरूसँगको समन्वय अतुलनीय रहेको बताउँदै संस्थाप्रती संस्थासँग जोडिएका ब्याक्तीको भुमिका पनि महत्त्वपूर्ण हुने बताएका छन् । लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायतले पछिल्लो समयमा बैंकहरुले लगानी गर्न छोडेपछि आर्थिक परिचालनमा सहकारीहरुले राम्रो साथ दिएको बताएका छन् ।
सहकारीले आर्थिक वर्ष २०७८/०७९ को दुई करोड ३३ लाख ६ सय १४ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेको छ । संस्थाले ७० लाख ७२ हजार एक सय ६० रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ भने, चालू आर्थिक वर्षमा सेयर सदस्यहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय भएको सहकारीका व्यवस्थापक दिपक बैधले जानकारी दिएका छन् । कार्यक्रममा सेयर सदस्य नवराज जैशी, नेपाल रेडक्रस सोसाइटी उपशाखा नारायणपुरका सभापति टोप बहादुर केसी, सेती मैयाँ चौधरी मावीका प्रधानाध्यापक पतिराम चौधरी, कर्णाली मावीका प्रधानाध्यापक जगबिर शाह लगाएतले शुभकामना व्यक्त गरेका थिए । सहकारीका कोषाध्यक्ष पहल बहादुर बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक बैधले गरेका थिए ।
संस्थाले वाषिर्कोत्सव समारोहको अवसरमा आठ जनालाई उत्कृष्ट बचतकर्ताको रुपमा, असर ऋणीको रुपमा नौ जनालाई, लघु बित्त कार्यक्रम अन्तर्गत कोकिला महिला समुहलाई एक हजार नगद सहित सम्मान गरेको छ ।
त्यसैगरी सहकारी संस्थाको भजनी शाखाले पनि २२ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *