सार्वजनिक स्थलको संरक्षण नगरपालिकाले गर्छ : नगर प्रमुख

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १७ साउन/
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले नगरपालिकाका सबै सार्वजनिक स्थलको संरक्षणको काम नगरपालिकाले सुरु गरेको बताएका छन् ।
नगरपालिकाको वडा नं. १ ब्लक नं. ४ राधा कृष्ण टोलमा स्थानीयले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा नगर प्रमुख थारुले नगरपालिका भित्र रहेका सबै सार्वजनिक स्थलहरुको संरक्षण र सम्बर्द्धनकै लागि अतिक्रमणमा परेका स्थानलाई खाली गराएर त्यसलाई प्रयोगमा ल्याउन नगरपालिकाले काम थालेको बताएका हुन । “हामिले यसै वर्षबाट सार्वजनिक स्थललाई व्यवस्थापनको कामलाई अगाडि बढाउन आवश्यक बजेटको व्यवस्था गरेका छौं । सबै सार्वजनिक स्थानहरूमा तारजाली लगाएर त्यसलाई नमूना गार्डेनको रुपमा विकास गर्ने योजना नगरपालिकाले बनाएको छ ।” नगर प्रमुख थारुले भने, “चालू आर्थिक वर्षमा नगरपालिका भित्रका पाँच सार्वजनिक स्थानहरूलाई व्यवस्थापन गर्ने योजना छ । त्यसैगरी अन्यलाई पनि क्रमश अगाडि बढाउने छौं ।”
उनले टीकापुरलाई स्व खडक बहादुर सिंहको योजनालाई कार्यान्वयन गर्दै लैजाने बताउँदै सार्वजनिक स्थानहरुको घेरवार गरेर स्थानीयको आवश्यकता अनुसारको वृक्षारोपण गरिने बताउँदै त्यसलाई संरक्षणका लागि स्थानीयलाई नै जिम्मेवारी दिइने बताएका छन् । “एक ब्लक एक नमुना गार्डेनको अवधारणाअनुसार सबै ओपन स्पेसहरुको व्यवस्थापन हुन्छ । त्यसका लागि स्थानियले त्यसको संरक्षणको जिम्मा भने लिनसक्नुपर्छ ।” नगर प्रमुख थारुले भने, “काम गर्न गाह्रो छैन । गाह्रो भएको कामको नतिजा ल्याउन र त्यसलाई संरक्षण गरि दीर्घकालीन रुप दिन मात्रै हो ।”
वृक्षरोपण कार्यक्रममा नागरिक अगुवा भिमराम चपाईले सार्वजनिक ओपन स्पेसहरुलाई ओपन जिमको अवधारणामा विकास गर्न आवश्यक रहेको बताउँदै त्यसले सार्वजनिक ओपन स्पेसको महत्त्व झन बढ्न सक्ने बताएका छन् । उनले आधुनिकतामाई ध्यानमा राखेर संरचनागत विकासको कामलाई अगाडि बढाउन आग्रह गर्दै बिजुलिको तारलाई पनि अन्डर ग्राउन्डको परिकल्पनाका साथ योजना बनाउनुपर्ने बताएका छन् ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *