शेयेर गर्नुहोस
टीकापुर ०६ मंसिर /
साहित्यकार पहलमानसिंह स्वाँरको १४७ औं जन्मजयन्तिको अवसरमा साहित्यिक अन्तरक्रिया तथा विचार गोष्ठी शनिबार सम्पन्न भएको छ ।
देवकोटा साहित्य कला परिवार टीकापुरको आयोजना तथा सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानको सहकार्यमा उक्त विचार गोष्ठी सम्पन्न भएको हो । देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टी एन जोशीले स्वर्गीय पहलमानसिंह स्वाँर नेपाली साहित्यको तारा भएको उल्लेख गरेका छन् । “नेपाली साहित्यको तारा हुन स्वाँर ।” उनले भने, “खासगरी नेपालको नाट्य क्षेत्रलाई विश्वमा चिनाउन स्वाँर भुमिकालाई कहिल्यै बिर्सन सकिँदैन ।”
उनले स्वाँर दु:खान्त नाट्यकारको रुपमा परिचीत रहेको बताए । स्वर्गीय स्वाँरको इतिहासलाई जिवन्त राख्नको लागि प्रज्ञा प्रतिष्ठानले काम गर्दै आएको बताउँदै उपकुलपति डा जोशीले आगामी दिनमा पनि साहित्य कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । त्यसैगरी पुर्व सांसद यज्ञराज पाठकले नेपाली साहित्यको इतिहास पश्चिमबाट उदाएको उल्लेख गरेका छन् । पाठले सुर्य सधैं पुर्वबाट उदाउने भए पनि नेपाली साहित्य पश्चिमबाट उदाएको बताएका हुन ।
सुदुरपश्चिम हरेक कुराले धनी भएको उल्लेख सांसद पाठकले गरे । “सुदुरपश्चिमबाट १० जना देशको प्रधानमन्त्री बन्नुभएको छ । साहित्य इतिहासको जग पनि सुदुरपश्चिम हो ।” उनले भने, “हामी कम्जोर छैनौं, इतिहासलाई जिवन्त राख्न सक्नुपर्छ ।” कार्यक्रममा साहित्यकार स्वर्गीय स्वाँरले साहित्य क्षेत्रमा खेलेको भुमिकाको समेत चर्चा गरिएको थियो ।
सोहि अवसरमा आयोजना भएको निबन्ध प्रतियोगितामा जनजागृती माद्यामिक बिधालयका सन्तोष खनाल प्रथम भएका छन् । त्यसैगरी खड्ग स्मृति माद्यामिक बिधाल टीकापुरमा अध्ययनरत अस्मिता न्यौपाने दोस्रो, जनजागृतीकै मिना परियार तृतीय र खड्ग स्मृतिकै अमित परियार शान्त्वना भएका भएका छन् । निबन्धको शीर्षक “सुदुरको संस्कृतिले खेलेको भुमिका” राखिएको थियो ।
त्यसैगरी चित्रकला प्रतियोगितामा खड्ग स्मृति माद्यामिक बिधालय टीकापुरका पुस्कल नेपाली प्रथम भएका छन् । खड्ग स्मृतिकै लक्ष्मी शर्मा दोस्रो हुँदा शक्तिदेवि आधारभूत बिधालयकी सिर्जना चौधरीले तेस्रो स्थान हासिल गरेकी थिइन । जनजागृती माद्यामिक बिधालयका उत्सव चौधरी र रेनुका चौधरी शान्त्वना भएको परिवारका कोषाध्यक्ष मिलन थापाले जानकारी दिएका छन् । उपाध्यक्ष कण्ठराज गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचीव कान्तिप्रसाद ज्ञवालीले गरेका थिए ।










