पुस्तकालयको नेतृत्वमा आउने शाहको घोषणा

शेयेर गर्नुहोस


टीकापुर १० जेठ/
टीकापुर सामुदायिक पुस्तकालयको आगामी नेतृत्वका लागि युवा समाजसेवी तथा शिक्षा प्रेमी देवेन्द्र बहादुर शाहले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
लामो समयदेखि पुस्तकालय व्यवस्थापन समितिमा समय बिताएका शाहले छैठौं चुनावी साधारण सभाबाट आउने नेतृत्वमा आफ्नो दाबी गरेका हुन । यसभन्दा पहिले दुई कार्यकाल पुस्तकालयको जिम्मेवारीमा रहेका शाहले पहिलो कार्यकाल व्यवस्थापन समिती सदस्य हुँदै दोस्रो कार्यकालमा सचिवको भुमिका निर्वाह गरेका थिए ।
शाहले व्यवस्थापन समितिको सदस्य हुँदा पुस्तकालयमा युवा उपसमितिको नेतृत्व समेत गरेका थिए । उनको नेतृत्वमा रहेको युवा उपसमिति पुस्तकालयमा निकै सक्रिय मात्रै थिएन, विभिन्न तालीम, गोष्ठी तथा सेमिनारहरु सञ्चालन गर्दै युवाहरूलाई नेतृत्व, व्यक्तित्व र उद्यमशिलतामा जोड्न तल्लीन थियो । “सामाजिक क्षेत्रमा जुन सक्रियता र चासो छ, त्यो सामुदायिक पुस्तकालयले बनाएको हो । त्यसमा पनि युवा उपसमितिको उपसंयोजक भएर काम गर्दा संयोजक शाहले देखएको बाटोले म मात्रै होइन कैयौं युवा समाजका उदाहरण बनेका छन् ।” नाम नभन्ने स्वार्थमा एकजनाले भने, “शाहसँग नेतृत्व गर्ने क्षमताका साथै युवा तथा पाठकलाई पुस्तकालयसम्म जोड्न सक्ने क्षमता छ । उहाँ उपयुक्त नेतृत्व हो ।”
अध्यक्षमा उम्मेदवार दिने घोषणा गरेका शाहले पुस्तकालयलाई समयसँगै आवश्यकताको आधारमा परिमार्जन गर्दै पाठको रोजाइमा पार्नकै लागि उम्मेदवार दिने घोषणा गरेको बताएका छन् । “मसँग पुस्तकालयको लामो अनुभव छ । शिक्षा क्षेत्रमा पनि झण्डै दुई दशक देखि काम गर्दै आएको छु ।” उनले भने, “त्यसकारण एकपटक नेतृत्वमै रहेर केही सुधार गर्ने अठोटका साथ लागेको छु । यसमा सबैले सहयोग गर्ने अपेक्षा छ ।” उनले पुस्तकालय शैक्षिक क्षेत्रसँगै जोडिएको विषय भएका कारण यसलाई राजनीतिसँग जोडेर नहेर्न आग्रह पनि गरेका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *