सिकाइ अभिवृद्धिका लागि तालिम

शेयेर गर्नुहोस


टीकापुर १७ बैशाख /
अनिजि तथा संस्थागत बिधालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को शिक्षकहरुलाई शिक्षण सिकाइ अभिवृद्धि लागि आयोजना गरिएको एक दिने तालिम शनिबार सम्पन्न भएको छ ।
प्याब्सन टीकापुर नगर कमिटीको आयोजनामा भएको एक दिने शिक्षकहरुलाई शिक्षण सिकाई अभिवृद्धि तालिममा सिटीएफका प्रमुख प्रशिक्षक रवि किरणले विद्यार्थीहरु काचो भाडा जस्तै भएको बताउँदै तिनीहरूको आकार दिने काम शिक्षकहरुले गर्नुपर्ने बताएका छन् । उनले विद्यार्थीहरु आफैमा ज्ञानको खजाना रहेको बताउँदै तिनीहरुमा निखारता ल्याएर कस्तो बनाउने भन्ने कुरा शिक्षक हातमा रहेको बताएका छन् ।
कार्यक्रममा प्रशिक्षक किरणले विद्यार्थीहरुलाई कक्षा कोठामा पढाएर सिकाउनु भन्दा पनि उनीहरुलाई कसरी सहज हुन्छ त्यस्तो वातावरण सिर्जना गर्न शिक्षकहरुसँग आग्रह गरेका छन् । उनले शिक्षकहरुलाई पढाउन आउने तर पढाउने तरिका मात्र फरक रहेको बताए ।
प्याब्सन नगर अध्यक्ष मान बहादुर थापाको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि प्याब्सनका कैलाली जिल्ला उपाध्यक्ष जयकृष्ण तिमिल्सिना रहेका थिए । प्याब्सन नगर सचिव रमेश शाहीले सञ्चालन गरेको कार्यक्रमको स्वागत प्याब्सन नगर उपाध्यक्ष देबेन्द्र शाहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *