सुदूरपश्चिममा ३ हजार बढिले जिते कोरोना

शेयेर गर्नुहोस


समाधान समाचार
कैलाली २० साउन/
सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट शनिवार सम्म ३ हजार भन्दा बढीले कोरोना जितेर घर फर्किएका छन सनिवार मात्रै थप २६ कोरोना संक्रमित डिस्चार्ज भएका हुन।
प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित पत्रकार सम्मेलनमा कोरोना मुक्त भएका  डोटीका १९ र कञ्च्नपुरका सात गरी २६ जनालाई डिस्चार्ज गरिएको जानकारी दिएका छन।
योसंगै सुदूरपश्चिममा ३ हजार,२ सय ७६ कोरोना जितेर घर फर्किएको कार्कीले जानकारी दिए। सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि डोटीका पाँच सय ५८, अछामका पाँच सय ५६, कैलालीका पाँच सय ५४, कञ्चनपुरका चार सय ९०, बैतडीका तीन सय र डडेल्धुराका दुई सय ६७ जनालाई डिस्चार्ज गरिएको छ।त्यस्तै बाजुरा चार सय ३१, बझाङबाट एक सय सात र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ।
सुदूरपश्चिममा ५५ जना संक्रमतिको विभिन्न अस्पतालमा उपचार भईरहेको छ।स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार महाकाली अस्पतालमा २५, टीकापुर अस्पतालमा १६, जिल्ला अस्पताल अछाममा १०, सेती प्रादेशिक अस्पताल र डोटी जिल्ला अस्पतालमा २/२जना संक्रमितको उपचार भईरहेको छ। सुदूरपश्चिममा संक्रमण मुक्त नभएकाको संख्या भने एक हजार पाँच सय १९ रहेको छ। प्रदेशमा नौँ जना संक्रमितको भने मृत्यु भईसकेको छ भने स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार ८ सय चार पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *