स्थानियले गरे डल्फिन क्षेत्रमा बृक्षारोपण

शेयेर गर्नुहोस


समाधान समाचार,
भजनी २९ भाद्र/
कैलालीको भजनी नगरपालिका वडा नं ३ वर्दवाफाँटाका स्थानियहरुले डल्फिन क्षेत्रमा बृक्षा रोपण गरेका छन् ।
     वर्दवाफाँटाका यूवाहरुको सकृयतामा स्थानियहरुले काँढा नदीछेउमा रहेको सार्वजनिक जग्गा करीव ३ कट्ठामा विभिन्न प्रजातीका २ सय बिरुवा रोपेका छन् ।
     बृक्षारोपण कायक्रममा भजनी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विक्रम चौधरीले आँपको विरुवा रोपेर बृक्षारोपणको कार्य शुभारम्भ गरेका थिए । बृक्षारोपण गर्नेक्रममा वडाअध्यक्ष चौधरीले बृक्षारोपणले नदीकटान रोक्न महत्वपुर्ण भुमीका खेल्नुका साथै वातावरणमा आन्शिक रुपमै भएपनी जलवायू परिवर्तन न्यूनिकरणमा टेवा पुगाउने बताएका छन।
      बृक्षारोपणमा आँम, सिसौं, कागती, अमला, जामुन, कोइराल तथा डालेघाँसका बिरुवाहरु रोपिएका छन।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *