स्वास्थ्य राज्यमन्त्री रावतले गरे अस्पताल अनुगमन

शेयेर गर्नुहोस


झलनाथ खनाल,
टीकापुर १८ मंसिर
/ स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावतले टीकापुर अस्पतालको अनुगमन गरेका छन् ।
बुधबार टीकापुर अस्पतालको अनुगमनका क्रममा राज्यमन्त्री रावतले टीकापुर अस्पताल प्रदेश मातहत रहेकोले अस्पतालको स्तर उन्नतिका लागि प्रदेश सरकार गम्भीर हुनुपर्ने बताएका छन् । ‘तीन तहको सरकारका आ–आफ्नै जिम्मेवारी छन् । ती जिम्मेवारीबाट कसैले पनि पन्छिन पाउँदैन ।’राज्यमन्त्री रावतले भने, ‘टीकापुर अस्पतालको विकासका लागि प्रदेश सरकारको भूमिका महत्वपूर्ण रहन्छ र प्रदेशले गर्ने भन्दै संघले पनि आफ्नो अभिभावकत्वबाट पन्छिन भने पाउँदैन ।’
सोही क्रममा राज्यमन्त्री रावतले स्वास्थ्य क्षेत्रको बिकासका लागि सरकारको गम्भीर रहेको बताएका छन् । ग्रामीण स्तरसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले नै देशभरी ३ सय ९६ अस्पताल निर्माणको कामलाई सरकारले सुरु गरिसकेको बताउँदै मन्त्री रावतले स्वास्थ्य क्षेत्रको बिकासमा सरकार गम्भीर बताएका हुन् ।‘बच्चा जन्माउनु मात्रै ठूलो कुरा होइन । त्यसको लालनपालन गर्ने काम महत्वपूर्ण हो ।’ राज्यमन्त्री रावतले भने, ‘संघीय सरकारले अभिभावक भूमिका निर्वाह गरेको छ । आफ्नो जिम्मेवारीप्रति बफादार बन्नसके बिकासले गति लिन सक्छ ।’ उनले वर्तमान सरकारले नै जनताका मुलभूत आवश्यकताहरु पूरा गर्न सक्ने भन्दै सरकारले गरेको कामको परिणाम देखिन थालेको बताएका छन् ।
भारतको तिकुनियाँ हुँदै चीनको हिल्सासम्म जोड्ने सडक निर्माणको प्रक्रिया संघीय सरकारले सुरु गरिसकेको बताउँदै सबैभन्दा महत्वपूर्ण पाटो भनेको सडक सञ्जाल जोड्नु पनि रहेको बताएका छन् । ‘विगतमा धेरै कुराहरुको परिकल्पना मात्र गरिएको थियो, आज त्यसलाई परिणममा बदल्ने काम भइरहेको छ ।’ राज्यमन्त्री रावतले भने, ‘सेवामा बिश्वसनीयता र गुणस्तर हुन आवश्यक छ । त्यहीअनुसार वर्तमान सरकारले काम गर्दै आएको छ ।’
टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दिपक रावलले टीकापुर अस्पतालको स्तरोन्नतिका लागि राज्यमन्त्री रावतलाई ज्ञापन पत्र समेत बुझाएका छन् । ५१ शैयाको टीकापुर अस्पताललाई १ सय शैयाको बनाइनु पर्ने, विशेषज्ञ तथा जनशक्ति उपलब्ध गराइनु पर्ने, चिकित्सक तथा कार्यरत कर्मचारी आवासका लागि बजेट विनियोजन गरिनु पर्ने लगायतका मागहरु ज्ञापन पत्रमा समावेश गरिएको अध्यक्ष रावलले बताएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *