शेयेर गर्नुहोस
भजनी १४ चैत /
कैलालीको भजनी नगरपालिका स्तरीय न्यूनतम स्वास्थ्य सेवा मापदण्डको समीक्षा कार्यक्रम सम्पन्न भएको छ।भजनी स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा भजनी नगरपालिका वडा नं १देखि ९सम्मका वडा अध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,भजनी प्राथमिक स्वास्थ्य केन्द्र का प्रमुख, स्वास्थ्यकर्मी लगाएतको सहभागिता रहेको थियो। कार्यक्रममा भजनी नगरपालिका भित्रमा रहेका १०वडा स्वास्थ्य संस्थाको समस्याको बारेमा स्वास्थ्य संस्थाका प्रमुखहरु बासु देव बजगाईं, रमेश बुढा, सुरेश ताम्राकार लगाएतले समस्याको दर्शाएका छन्। समीक्षा कार्यक्रममा बोल्दै वडा नं २का अध्यक्ष दुर्गा पुनले भजनी प्राथमिक स्वास्थ्य केन्द्र लाई अस्पताल बनाउनु पर्ने,पोष्टमार्टमको व्यवस्था गर्नुपर्ने, स्थाई डाक्टरको व्यवस्था हुनुपर्ने जोड दिनुका साथै मेरो वडाबाट हुने सहयोगमा सधैं तत्पर रहेको बताउनु भयो । त्यसै गरी प्रमुख प्रशासकिय अधिकृत नोखि राम ओलीले आर्थिक वर्षबाट स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने सामग्रीमा बजेट विनियोजन गरिने बताएका छन्।समीक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले सबैको सहयोगले मात्र सम्भव हुने भएकाले वडा नं १देखि ९सम्मका स्वास्थ्य संस्थामा बर्थ सेन्टरको स्थापना गर्नुपर्नेमा जोड दिनु भएको छ।कार्यक्रमको सञ्चालक स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले गर्नु भएको थियो।