हिज्जे प्रतियोगितामा त्रीपथ प्रथम

शेयेर गर्नुहोस


लक्ष्मण विक, टीकापुर २६ माघ /
चाैथाे अन्तर विद्यालय हिज्य प्रतियोगिता बुधबार सम्पन्न भएको भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन टीकापुर नगर समितिको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन टीकापुर नगर समिति अध्यक्ष मानबहादुर थापाको अध्यक्ष्ातामा भएको कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर उप प्रमुख खडक बहादुर शाहले विद्यार्थीहरुको मस्तिष्कलाई चलाएमान र उनीहरुको बाैद्विक क्षमता बढाउन हप्तैपिच्छे अतिरिक्त क्रियाकलापको आयोजना गर्नुपर्ने बताएका छन् । उनले साना कक्षा विद्यार्थीहरुको मस्तिष्क खाली हुने भएका बताउँदै साना बालबालिकाहरुले वर्तमानमा जे सिको गरे त्यही सिको गर्ने भएका कारण उनीहरुको क्षमता बृद्वि हुने खालका अन्य किर्याकलापहरु पनि गर्न जरुरी रहेको बताएका छन् ।
नगर उपप्रमुख शाहले आगामी दिनमा प्याप्सनद्वारा आयोजित कुनै पनि कार्यक्रमहरुमा निजी तथा आवासीय विद्यालय मात्र नभइ सामुदायिक विद्यालयहरुलाई पनि सहभागी गराउन आग्रह समेत गरेका छन् । “अतिरिक्त क्रियाकलापमा नीति तथा आवासीय बिधालय एकातिर र सामुदायिक बिधालय अर्कोतिर हुनुहुँदैन । समन्वय र सहकार्य गरेर हुने कार्यक्रममा साझा रुपमा लैजानु पर्छ ।” नगर उपप्रमुख शाहले भने, “त्यसले बिधालय र बिद्यार्थीहरुमा पनि समन्वय र सहकार्य गर्ने परिपाटीको विकास हुन सक्छ ।
कार्यक्रममा विशिष्ट अतिथि प्याब्सन केन्द्रिय सदस्य डिल्लीराम बोहराले प्याब्सनका नियमित कार्यक्रमहरु मध्ये हिज्य प्रतियोगिता पनि एक विशेष कार्यक्रम रहेको बताउँदै यस्ता प्रतियोगिताले विद्यार्थीहरुमा ठुलो क्षमताको विकास हुने बताएका छन् । उनले विगतका वर्षमा कोरोना महामारीका कारण थुप्रै कार्यक्रमहरु गर्न नसकेको समेत बताएका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिका भित्र संचालनमा रहेका १७ वटा विद्यालयहरु सहभागी रहेको थिए । त्यसमा त्रिपथ विद्या निकेत प्रथम जसले एक सय ८० अंक प्राप्त गरेको थियो । नाइल इङ्गलिस बोर्डिङ स्कुल दोस्रो जसले एक सय ७९ अंक प्राप्त गरेको थियो भने त्यस्तै रिपब्लिक इङ्गलिस बोर्डिङ स्कुल तेस्रो जसले एक सय ६९ अंक प्राप्त गरेको थियो भने र गार्डेन इङ्गलिस बोर्डिङ स्कुल चाैथाे जसले एक सय ६५ अंक प्राप्त गरेको थियो ।
कार्यक्रममा त्रिपथ विद्या निकेतका विद्यालय व्यवस्थापन अध्यक्ष मनिष बलायर, प्याब्सन सुदुरपश्चिम प्रदेश उपाध्यक्ष डम्बर सोडारी लगायत शुभकामना मन्तव्य राखेका थिए । प्याब्सनटीकापुर नगर समिति सचिव रमेश शाहीले सञ्चालन गरेको कार्यक्रमको स्वागत टीकापुर नगर समिति उपाध्यक्ष देबेन्द्र शाहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *