२१ लाख बढी राजश्व संकलन

शेयेर गर्नुहोस


टीकापुर ११ साउन /
    अस्थाई ट्राफिक प्रहरी पोष्ट टीकापुरले आर्थिक वर्ष २०८०/०८१ मा २१ लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।
ट्राफिक प्रहरी पोष्ट टीकापुरका प्रहरी नायक निरीक्षक टेक बहादुर चन्दका अनुसार गत आर्थिक वर्ष सवारीसाधनको कारबाहीबाट २१ लाख ११ हजार राजश्व संकलन भएको हो । गत वर्षको साउन महिनामा ट्रक /टिप्परबाट एक हजार, दुईवटा बाट एक हजार पाँच सय,  जिप कार ४ चारवटा जिप/ कारबाट तीन हजार पाँच सय, ६ वटा ट्याक्टरबाट ६ हजार, ७८ वटा मोटरसाइकल तथा स्कुटरबाट ५६ हजार पाँच सय र अन्य सातवटा सवारीसाधनबाट ७ हजार गरी ७५ हजार पाँच सय राजश्व संकलन भएको छ ।
भाद्र महिनामा एउटा ट्रक, जिप तथा बसबाट एकएक हजार, दुईवटा ट्याक्टरबाट दुई हजार, ७६ वटा मोटरसाइकल सथा स्कुटरबाट ६३ हजार पाँच सय र अन्य दुईवटा सवारीसाधनबाट दुई हजार गरी ७० हजार पाँच सय राजश्व संकलन भएको छ । असोज महिनामा ट्रकबाट एक हजार, चारवटा बसबाट चार हजार, पाचवटा जिप तथा कारबाट तीन हजार पाँच सय , पाचवटा ट्याक्टरबाट पाँच हजार, दुईसय ८८ मोटरसाइकल तथा स्कुटरबाट दुई लाख २२ हजार रुपैयाँ र ६ वटा अन्य सवारीसाधनबाट ६ हजार गरि दुई लाख ३९ हजार पाँच सय राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्तिक महिनामा १३ वटा ट्रक र टिप्पर ट्राफिक कारबाहीमा परेका छन् । जसबाट ट्राफिक प्रहरीले ११ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको छ । उता १५ वटा बसबाट १२ हजात पाँच सय, १२ वटा जिप तथा कारबाट १० हजार, १४ वटा ट्याक्टरबाट १३ हजार, दुई सय ६५ वटा मोटरसाइकलबाट दुई लाख पाँच हजार र १७ वटा अन्य सवारीसाधनबाट १६ हजार पाँच सय गरी दुई लाख ६८  हजार पाँच सय राजश्व संकलन भएको जनाएको छ ।
एक हजार ट्रक तथा टिप्परबाट , तीन हजार चारवटा बसबाट, तीन हजार पाँच सय ७ वटा जिपबाट, १७ हजार १९ वटा ट्याक्टरबाट , एक लाख पाँच हजार एक सय ९४ मोटरसाइकलबाट र १२ हजार अन्य सवारीसाधनबाट गरी मंसिर महिनामा एक लाख ८१ हजार राजश्व संकलन भएको छ । पुस महिनामा  चारवटा ट्रकबाट चार हजार, दुईवटा बसबाट दुई हजार, दुईवटा जिपबाट दुई हजार,पाचवटा ट्याक्टरबाट पाँच हजार, एक सय २९ मोटरसाइकलबाट ९२ हजार पाँच सय र ८ वटा अन्य सवारीसाधनबाट ८ हजार गरी एक लाख १३ हजार पाँच सय राजश्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख चन्दले बताएका छन् ।
    अस्थायी प्रहरी पोस्ट टीकापुर दिएको जानकारी अनुसार माघ महिनामा एकएकवटा ट्रक, बसबाट दुई हजार, ६ जिपबाट तीन हजार पाँच सय, ८ वटा ट्याक्टरबाट ७ हजार पाँच सय, एक सय ४८ मोटरसाइकल कारबाहीमा पर्दा एक लाख १८ हजा १५ वटा अन्य सवारीसाधनबाट १५ हजार सहित एक लाख ४६ हजार पाँच सय राजश्व संकलन गरेको छ ।
फागुन महिनामा ६ वटा ट्रक तथा टिप्परबाट पाँच हजार, चारवटा बसबाट दुई हजार,७ वटा जिप तथा कारबाट तीन हजार पाँच सय, १२ वटा ट्याक्टरबाट १२ हजार, एक सय ८० मोटरसाइकलबाट एक लाख ४४ हजार पाँच सय र अन्य ११ सवारीसाधनबाट १० हजार पाँच सय गरी एक लाख ७७ हजार पाँच सय राजश्व संकलन भएको छ । चैत्र महिनामा पाचवटा ट्रकबाट पाँच हजार,  जिप कार चारवटाबाग चार हजार, तीनवटा ट्याक्टरबाट तीन हजार , एक सय ८६ मोटरसाइकल तथा स्कुटरबाट एक लाख ४७ हजार पाँच सय र ९ हजार अन्य सवारीसाधनको कारबाहीबाट एक लाख ६८ हजार पाँच सय संकलन भएको छ ।
तीनवटा ट्र्कबाट तीन हजार, तीनवटा बसबाट तीन हजार, ६ वटा जिप कारबाट चार हजार, पाचवटा ट्याक्टरबाट पाँच हजार एक सय २५ मोटरसाइकलबाट ९५ हजार र अन्य १७ वटा सवारीसाधनबाट १७ हजार गरी एक लाख २७ हजार राजश्व संकलन भएको छ भने, जेठ महिनामा पाचवटा ट्रकबाट तीन हजार पाँच सय, पाचवटा बसबाट चार हजार, ११ वटा जिप कारबाट पाँच हजार पाँच सय, १७ वटा ट्याक्टरबाट १३ हजार पाँच सय, दुई सय ४८ मोटरसाइकलबाट दुई लाख १६ हजार र अन्य २४ सवारीसाधनबाट २२ हजार गरि दुई लाख ६४ हजार पाँच सय संकलन भएको प्रहरी नायक निरीक्षक चन्दले बताएका छन् ।
त्यसैगरी गत वर्षको असार महिनामा तीनवटा ट्रक तथा टिप्परबाट तीन हजार, ६ वटा बसबाट ६ हजार, ११ वटा जिप कारबाट ११ हजार हजार, १३ वटा ट्याक्टरबाट १३ हजार, दुई सय ५८ मोटरसाइकल तथा स्कुटरबाट दुई लाख २८ हजार पाँच सय र अन्य १७ वटा सवारीसाधनबाट १७ हजार र  गरी दुई लाख ७८ हजार पाँच सय राजश्व संकलन भएको छ । २०७९/०८० मा १३ लाख ६८ हजार
     प्रहरी नायक निरीक्षक चन्दका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा नाै सय ८ जना मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाएकालाई मापसे कारबाही गरिएको छ ।मादक पदार्थ सेवन गरि सवारीसाधन प्रयोग गरे वाफद ९० हजार ८ सय राजश्व संकलन गरेको समेत बताएका छन् । अस्थाई ट्राफिक प्रहरी पोष्ट टीकापुरले टीकापुरका विभिन्न स्थानहरुमा जनचेतना मुलक कार्यक्रम समेत गरेको छ जस्मा विद्यालय सम्पर्क कार्यक्रम तीन वटा विद्यालयमा गर्दा ६ सय ६० जना लाभाग्गित भएको चन्दले बताए ।
  

ताजा खबर

प्रोफेसनल सोसाइटी गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *