२ सय शय्यामा स्तरोन्नति हुँदै टीकापुर अस्पताल

शेयेर गर्नुहोस


समाधान समाचार, असार १४ /
५१ शै्ययाको टीकापुर अस्पताल अब २ सय शै्ययामा स्तरोन्नति हुने भएको छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार अस्पताललाई पत्राचार गर्दै प्रदेशको उप–प्रादेशिक अस्पतालको रुपमा विकास गरी २ सय शै्ययामा रुपान्तरण गर्ने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको २०७७ माघ १३ गतेको मन्त्रिपरिषदको निर्णयले ५१ शै्ययाबाट २ सय शै्ययाको उप–प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने पत्रमा उल्लेख गरिएको छ ।
टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दिपक रावलले लामो समयको सक्रियताले टीकापुर अस्पताललाई २ शै्ययामा स्तरोन्नति गर्न सफल भइएको बताएका छन् । उनले टीकापुर अस्पतालमा एकपछि अर्को सेवा थपिँदै गएको बताउँदै अस्पतालको आगामी योजनामा डाइलाइसिस सेवाका लागि पहल भइरहेको बताएका छन् ।
‘मन्त्रालयले २ सय शै्ययाको अस्पताल स्तरोन्नति गरेपछि सेवा सुबिधाहरु स्वतः थप हुँदै जानेछन् । ’ अध्यक्ष रावलले भने, ‘यदि निर्णय मात्रै २ सय शै्ययाको भयो भने सरकारकै आलोचना हुने हो । हाम्रो उद्देश्य शै्यया बिस्तार गर्नु थियो । त्यसमा सफल भयौं । शै्यया थप भएपछि संरचनागत विकास त भइ नै हाल्छ ।’
टीकापुर अस्पतालमा प्रदेश सरकारकै लागतमा सरुवा रोग अनुसन्धान केन्द्रको समेत स्थापना हुने भएको छ । प्रदेश सरकारले सरुवा रोग अनुसन्धानका लागि अस्पताललाई ४ करोड बजेट पठाइसकेको छ । ‘अस्पतालको खातामा ४ करोड बजेट आइसकेको छ । हामी साउन महिनामै टेण्डर प्रक्रियामार्फत् चाहिने आवश्यक संरचनाका लागि अगाडि बढ्छौं ।’ अध्यक्ष रावलले भने, ‘चालु आर्थिक वर्षमै काम सुरु हुने भए पनि केही प्राविधिक समस्याहरु भए पनि आउँदो आर्थिक वर्षमा काम अगाडि बढ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *