शेयेर गर्नुहोस
टीकापुर ०९ कार्तिक /
नेपाल बटाला सांस्कृतिक उत्थान समाजको अध्यक्षमा धर्मसिंह बटाला चयन भएका छन् ।
नेपाल बटाला सांस्कृतिक उत्थान समाजको १० औँ चुनावी साधारण सभाबाट अध्यक्षमा धर्मसिंह बटाला चयन भएका हुन
बटाला सहित ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको बताइएको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष कृष्णा बटाला, सचिव उपेन्द्र बटाला, सहसचिव रमेश बटाला, कोषाध्यक्ष भावना बटाला चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा ध्वजबहादुर बटाला, ललिता बटाला, उदय बटाला र तेजबहादुर बटाला चयन भएको बताइएको छ ।
नवनिर्वाचित अध्यक्ष धर्मसिंहले बटाला समाजलाई एकताबद्ध गर्दै आगामी दिनमा झन सशक्त बनाएर अगाडि लैजाने बताएका छन् । लामो समयसम्म स्वस्थ्य क्षेत्रमा रहेर सेवा गरेका धर्मसिंह गतवर्ष अनिवार्य अवकासमा गएका थिए ।










