आकर्षक एजेण्डाका कारण एमाले टीकापुरमा जित निकाल्दै

शेयेर गर्नुहोस

टीकापुर २८ कार्तिक /
नेकपा (एमाले) कैलाली क्षेत्र नं. १ मा चुनावी अभियान तीव्र पारिएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि एमालेले कैलाली क्षेत्र नं. १ को दुवै प्रदेशमा चुनावी अभियान तीव्र पारेको छ ।
प्रतिनिधि सभामा तपेन्द्र रावल र प्रदेश सभा खमा द्धारिकाप्रसाद न्यौपाने चुनावी मैदानमा रहेका छन् ।
टीकापुर नगरपालिकाको भूगोल र प्रदेश ‘ख’ को भूगोल एउटै हो । स्थानीय तहमा हारेपनि मंसिर ४ मा जित निकाल्ने एमालेले व्यापक तयारी गरेको बताएको छ ।
एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सम थापाले यसपल्ट एमाले टीकापुरले आकर्षक चुनावी एजेण्डा अघि सारेका कारण एमालेप्रति जनताको रुझान देखिएको बताए । अन्य दलका उम्मेदवारले यसपल्ट बासी एजेण्डा नै वोकेको कारण मतदाताले एमालेलाई नै रोज्ने नेता थापाले दावी गरे ।
उहाँका अनुसार कर्णाली करिडोर, वाटर किङडम टीकापुर पार्क, स्पोर्टस एकेडमी, पद्म प्रकाशेश्वर मन्दिर जस्ता पूर्वाधार आकर्षक चुनावी एजेण्डा बनाइएका छन् ।
प्रदेश ‘ख’का उम्मेदवार द्धारिकाप्रसाद न्यौपाने युवा र नयाँ भिजनका साथ अगाडि बढेकोले युवाका आकर्षण उनमा रहेको छ । अहिले टीकापुर क्षेत्रका युवा, विद्यार्थी, बृद्धाबृद्धी, महिला सवै न्यौपानेको टीकापुर बनाउने योजनालाई मन पराएका छन् ।
यसैगरी एमाले कैलालीका सचिवालय सदस्य गणेश वुढाले कैलालीमा सवै निर्वाचन क्षेत्रमा एमालेको अवस्था अत्यन्त सुदृण रहेको बताए । उनले एमालेका एजेण्डालाई मतदाताले रुचाएको प्रतिक्रिया आफूले पाएको बताउँदै अन्य दलका उम्मेदवार भन्दा एमालेका उम्मेदवार लोकप्रिय भएकोले पनि आफूहरुलाई जित्न सहज रहेको बताए ।
टीकापुरमा एमाले पार्टी पंक्तिपनि एक ढिक्का, एमालेको चुनावी प्रचारप्रसार जस्ता कारणले पनि एमालेका नेता बलियो देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *