आर्थिक अभावले जेन्सको उपचारमा समस्या, सहयोगको अपिल

शेयेर गर्नुहोस


पदमराज जैशी, भजनी १८ फागुन /
भजनी नगरपालिका वडा नं. ५ चमरौधा बस्ने जेन्स सागरी चमारको हातको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएको छ ।
केही वर्ष पहिले चमारका श्रीमानले घरायसी विवाद हुँदा मट्टीतेल हालेर आगो लगाएका थिए । स्थानीयको सहमतिमा औषधि उपचार गर्ने भने पनि त्यसको केही समयपछि श्रीमान फरार भएका थिए । सुरुमा सामान्य घाउ भएको हातको आर्थिक अभावका कारण समयमा उपचार नपाउँदा छाला कुहिएर हड्डी मात्र बाँकी रहेको छ । आगोले जलेको छाला कुहिएर काम नलाग्ने अवस्थामा पुगेको छ । आर्थिक अवस्थाका कारण उपचार गर्न जान नसकेकी उनको भजनी नगरपालिकाका कर्मचारीहरुले संयुक्त सहयोगबाट अस्पतालसम्म पुर्याउने काम भएको छ।
उपचारका लागि सहयोग माग्न नगरपालिका पुगेकी चमारलाई वडा नं. ५ का कार्यवाहक वडा अध्यक्ष राजेन्द्र खनालले भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि भर्ना गरिदिएका थिए । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि बिहिवार नगरपालिकाको स्वास्थ्य शाखाको पहलमा कर्मचारीहरुबाट १७ हजार पाँच सय २५ रुपैयाँ संकलन गरेर चमारलाई उपचारको सहजीकरणका लागि खनाल धनगढी पठाइएको बताइएको छ ।
भजनी प्राथमिक स्वास्थ्य केन्द्रले नि:शुल्क एम्बुलेन्सको व्यवस्थापन गरेर धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा पठाएको छ । उनको जीवनरक्षाको लागिसहयोगी हातहरुलाई सहयोगका लागि अपिल समेत गरिको छ ।

ताजा खबर

नरेशको अधेरीलाई जुन बजारमा

कृषिमा बजारीकरण र चौपाया प्रमुख समस्या

कायाकल्प क्रियाको अभ्यास

Leave a Reply

Your email address will not be published. Required fields are marked *