कक्षा ११ का विद्यार्थीलाई स्वागत

शेयेर गर्नुहोस


टीकापुर २७ साउन /
सप्तऋषी माद्यामिक बिधालयमा कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुले कक्षा ११ मा अध्ययनरत बिद्यार्थीलाई एक कार्यक्रमका बीच स्वागत गरेको छ ।
सप्तऋषी माद्यामिक बिधालय प्लस टु संयोजक शिवराज चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा भएको कार्यक्रमको प्रमुख अतिथि बिद्यार्थी सञ्चालन समितिका अध्यक्ष दिनेश थापा रहेका थिए भने विशिष्ट अतिथि प्रीन्सिपल लिखराम चौधरी रहेका थिए ।
कार्यक्रममा कक्षा १२ का विद्यार्थीले कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुलाई खादा र डायरी दिएर स्वागत गरेका थिए । बिद्यालय सञ्चालक समितिका अध्यक्ष थापाले बिद्यार्थीले अभिभावकको पीडा र मिहेनतलाई सम्झेर आफ्नो अध्ययनलाई अगाडि बढाउनुपर्ने बताएका छन् । उनले कक्षा ११ देखि माथिको शिक्षाले जीवनको महत्त्वपूर्ण अध्यायको सुरुवात गर्ने भन्दै लगनशील र मिहेनतका साथ शिक्षालाई अगाडि बढाउन उनले आग्रह गरे ।
शिक्षक वृद्धिलाल थारुले सञ्चालन गरेको कार्यक्रमको स्वागत सह प्रीन्सिपल शेखर कोइरालाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *