काँग्रेसको पदास्थापन कार्यक्रम

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २४ पुस /
नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित भएका टीकापुर नगर कार्य समिती तथा वडा नं. १ का पदाधिकारीहरुको पदास्थापन शुक्रबार सम्पन्न भएको छ ।
निवर्तमान नगर सभापति धनराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीले पार्टी बलियो भएपछि मात्रै नेता कार्यकर्ता बलोयो हुने बताउँदै १४ औं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुले गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । “लोकतान्त्रिक पद्धतिमा हार जित स्वभाविक हुन्छ । त्यसलाई सबैले सहजरूपमा लिनुपर्छ । जसरी केन्द्रसम्मको महाधिवेशन सम्पन्न भएको छ, त्यसैगरी जिल्लाको महाधिवेशन पनि सम्पन्न गर्नुपर्छ ।”
कार्यक्रमका विशिस्ट अतिथि तथा काँग्रेसका सुदुरपश्चिम प्रदेश समितिका उपसभापति जनकराज चौधरीले काँग्रेसले आफुलाई मास पार्टीको रुपमा स्थापित गर्दै आएको बताउँदै पार्टीलाई कार्यकर्ता मास पार्टीको रुपमा विकसित गर्न आवश्यक रहेको बताएका छन् । “
नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य तथा पुर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराईले हिजो पार्टीमा देखिएको अन्तरद्वन्दको तितो अनुभवलाई मध्यनजर राख्दै पार्टीलाई अबको नेतृत्वले अगाडि बढाउन आवश्यक रहेको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले पार्टीलाई एक ढिक्का बनाउन देखिएको चिन्ताले पार्टीलाई जुझारु बनाउनेमा विश्वस्त भएको बताएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका कैलाली क्षेत्र नं. १ का सभापति प्रकाश शाहले अधिवेशनमा भएको हारजित स्वभाविक भएको बताउँदै लोकतान्त्रिक अभ्यासमा विजेता र उपविजेता हुनु स्वभाविक रहेको बताएका छन् । उनले नेपाली काँग्रेसले मात्रै नेपालमा लोकतान्त्रिक पद्धतिलाई आत्मसात गरेको भन्दै कम्युनिस्टहरु कहिल्यै पनि लोकतान्त्रिक अभ्यासमा जान नसकेको बताएका छन् । शाहले काँग्रेसले आगामी तीन तहको निर्वाचनमा काँग्रेसको जित सुनिश्चितका लागि लाग्ने योजना नै पहिलो हुने बताएका छन् ।
नेपाली काँगेसकी सुदुरपश्चिम प्रदेश समिती सदस्य केशरी बिष्टले पार्टीको महत्त्वपूर्ण पदमा महिलाहरुलाई भुमिकाबाट बञ्चित गराएको बताउँदै महिलालाई भोट बैंकको रुपमा मात्रै प्रयोग नगरी नेतृत्वमा पनि महिलाको भुमिकालाई सुनिश्चित गर्न आग्रह गरेकी छन् ।
पदास्थापन कार्यक्रम पछि कार्यक्रमको अध्यक्षता निर्वाचन नगर सभापति नरेशकुमार खत्री र वडा सभापति चक्रबहादुर बटालाले गरेका थिए भने कार्यक्रमको सञ्चालन नगर सचीव प्रकाश शाहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *