कैलाली जिल्ला सभापतिमा रावलको उम्मेदवारी

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २४ पुस/
नेपाली काँग्रेसका कैलाली जिल्ला सदस्य तथा महासमिति सदस्य नवराज रावलले १४ औं महाधिवेशनमा पार्टीको कैलाली जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली काँग्रेसको टीकापुर नगर तथा वडा नं. १ को नयाँ कार्यसमितिको पदास्थापन कार्यक्रममा उनले जिल्लामा तीन पटकसम्म जिल्ला कार्यसमितिको सदस्यमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताउँदै १४ औं महाधिवेशनबाट कैलाली जिल्लाको नेतृत्व गर्न सक्षम रहेको भन्दै आफुले सभापतिमा उम्मेदवारी घोषणा गरेको बताएका हुन । उनले आफ्नो उम्मेदवारी नेपाली काँग्रेसका शुभचिन्तकहरुका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै पार्टीलाई अझै जुझारु र शसंक्तरुपमा अगाडि नढाउन र तिनै तहको निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउनको लागि पनि उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
“भाषणले पार्टी बनाउँछु भन्नेहरुले पार्टी र संगठनलाई बलियो बनाउन सक्दैनन् । संगठन बनाउन इच्छाशक्ति चाहिन्छ । हिजो मैले नेतृत्व गरेका संस्थाहरुमा गरेको कामको मुल्यांकन गरेर भएपनि एकपटक जिल्लाको नेतृत्वमा सहयोग गर्नेमा म विश्वस्त छु ।” रावलले भने, “चिया पसलमा गफ गरेर, कुरा काटेर पार्टी बन्ने भए आज नेपाली काँग्रेस धेरै अगाडि बढिसक्थ्यो । अब गफ र कुरा काटेर नभई संगठनलाई बलियो बनाउँदै आगामी निर्वाचनमा पार्टीको जितलाई सुनुश्चित गर्नको लागि पनि मैले उम्मेदवारी दिने घोषणा गरेको छु ।”
त्यस्तै पार्टीका कैलाली जिल्ला कार्यवाहक सभापति प्रकाश बमले पनि जिल्ला सभापतिमा आफ्नो दावी रहेको बताउँदै सहयोग गर्न आग्रह गरेका छन् । उनले अहिले उम्मेदवारी घोषणा गरेका सबै सभापतिको लागि सक्षम रहेको भन्दै त्यसमा पनि सबैभन्दा बढी योग्य ब्याक्तीलाई सभापतिमा निर्वाचित गर्न सहयोग गर्न प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *