कुनकुन कर्मचारीको भयो सरुवा ?

शेयेर गर्नुहोस


टीकापुर १३ साउन /
टीकापुर नगरपालिकामा सरुवा भएका कर्मचारीको विषय यतिबेला चर्चामा छ ।
खासगरी साउन ७ गते जिल्ला समन्वय समितिको कार्यालय कालिकोट सरुवा भएका टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले आफू सरुवा भएपछि किन कर्मचारी सरुवा गरेको भनेर चर्चामा रहेको कर्मचारी सरुवाको विषयमा सर्वत्र चासो बढेपछि चर्चा सुरु भएको हो । साउन ८ गते भएको कर्मचारी सरुवा र व्यवस्थापन अनुसार नगरपालिकाका कार्यरत प्राविधिक तर्फका कर्मचारीको जिम्मेवारी हेरफेर सबैभन्दा बढी भएको पाइएको छ । त्यसपछि चालू आर्थिक वर्ष सरुवा भएर आएका कर्मचारीको व्यवस्थापन हुँदा केही कार्यालय सहयोगी र अन्य कर्मचारीको पनि सरुवाको पत्र सार्वजनिक भएको हो ।
जसअनुसार यसवर्ष नगरपालिकाका बाहिर बाट सरुवा भएर आएका अमोद उपाध्याय र टोप बहादुर कार्की कृषि सेवा शाखा, गोकुल बहादुर भुल, नर कार्की, पशुसेवा शाखा, मनीराम सापकोटा नापी इकाई, नवीन प्रसाद रिमाल योजना शाखा, राजेश्वरी शर्मा वडा नं. १ को कार्यालय, सर्जन बहादुर बडुवाल वडा नं.७ को वडा सचिव, इन्जिनियर तपेन्द्र रावललाई वडा नं. १,६,७,८ र ९ को जिम्मेवारी दिइएको छ भने उर्मिला जिसीलाई योजना तथा अनुगमन शाखाको जिम्मेवारी दिइएको छ ।
नगरपालिकामा कार्यरत प्राविधिकहरुमा भेषराज रेग्मीलाई वडा नं. ८ र ९ बाट ४ र ६, वृखबहादुर विकलाई वडा नं.२ बाट वडा नं. ८, धर्मेन्द्र चौधरीलाई वडा नं. ६ बाट वडा नं. ५, दिनेश बोगटीलाई वडा नं. ५ बाट वडा नं. २ र ३ को जिम्मेवारी पूरा गर्ने गरी सरुवा गरिएको छ । गोविन्द चौधरीलाई वडा नं.४ बाट घर नक्सा पास शाखा, खगेन्द्र साउँदलाई वडा नं. वडा नं. ७ बाट वडा नं. ७ र ९, लक्ष्मी चौधरीलाई वडा नं. ३ बाट पुर्वाधार विकास शाखा, इन्जिनियर नवराज जोशीलाई वडा नं. १ र ८ बाट वडा नं. २,३,४ र ५ को जिम्मेवारी दिँदा इन्जिनियर राजेन्द्र रावललाई संघ, प्रदेश र नगरपालिका केन्द्र स्तरका सबै कार्यक्रमहरु र योजना अनुगमन शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । सव इन्जिनियर सन्तोष पाण्डेलाई पुर्वाधार शाखाबाट योजना अनुगमन शाखा पठाइएको छ ।
नगरपालिकाका केही कार्यालय सहयोगीको साविकको क्षेत्र हेरफेर गरिएको छ भने सुचना तथा गैरसरकारी संघसंस्था समन्वयबाट शहरी स्वास्थ्य प्रबर्द्धन तथा सिकलसेल केन्द्र सरुवा गर्दा वडा नं. ७ को वडा सचीव कमला पोख्रेललाई नगरपालिकाको कानुन शाखाला ल्याइएको छ । रावललाई पठाइएको क्षेत्रमा उनको नियुक्ति अनुसारको दरबन्दी भने छैन । रावलको सरुवालाई हाकिमसँगको आन्तरिक विवाद भनेर पनि कतिपयले बुझेका छन् । त्यसैगरी जनस्वास्थ्य प्रवर्द्धन शाखामा कार्यरत केवल सिंह सार्कीलाई वडा नं. ४ को शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र पठाइएको छ ।
३३ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको विषयमा प्रशासन प्रमुख देवी प्रसाद आचार्यले साउन ७ गते नै आवश्यक सबै प्रक्रिया पूरा गरिएको दाबी गर्दै ८ गते मात्रै जिम्मेवारी हेरफेर भएको पत्र दर्ता भएको जानकारी दिएका छन् । “नगरपालिकामा प्राविधिकको जिम्मेवारी हरेक वर्ष हेरफेर भैरहेकै कुरा हो भने नयाँ सरुवा भएर आएका कर्मचारी व्यवस्थापन गर्दा केही नगरपालिकाका केही कर्मचारीलाई फरक जिम्मेवारी दिइएको हो ।” उनले भने, “कार्यालय भित्र आवश्यकताको आधारमा जुनसुकै कर्मचारीले कार्यालय प्रमुखको निर्देशन अनुसार काम गर्नुपर्छ । त्यो जिम्मेवारीबाट कसैलाई विमुख हुने छुट छैन ।”

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *