कैलालीमा भोलि देखि निषेधाज्ञा खुकुलो बनाइने

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर १९ भाद्र/
कोरोना भाइसको संक्रमणलाई नियन्त्रण गर्न कैलालीमा लागू गरिएको निषेधाज्ञालाई शनिबार भोलि देखि खुकुलो पारिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले शुक्रबार १२ बजे रातिबाट ३१ भाद्र मसान्त सम्म निषेधाज्ञा खुकुलो पार्दै केही सेवा सञ्चालन गर्न दिन लागिएको बताएका छन।
उनका अनुसार सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ । तर ५० प्रतिशत यात्रु मात्रैंबोक्न पाउने छन भने बिहान ५ बजे देखि साझ ७ बजे सम्म भिडभाड नगरी व्यापाररव्यवसाय खोल्न पाउने भएको छ। होटल रेस्टुरेन्टहरुले होमडेलीभरि मात्रै गर्न पाउने प्रमुख जिल्ला अधिकारी बोहोराले बताएका छन । उनका अनुसार सेवाग्राहीको बढी भिडभाड हुने मालपोत, भूमिसुधार नापी, यातायात कार्यालयमा आन्तरिक कार्य सम्पादन बाहेक सेवा बन्द नै हुने छन ।
अन्य सरकारी कार्यालयहरुले आधा कर्मचारी राखेरमात्रै कार्य सम्पादन गर्नु पर्ने छ । बैंक बित्तीय संस्थाहरुले आफ्नो सेवा ११ देखि २ बजेसम्म मात्रै दिन पाउने छन् । र सुरक्षा मापदण्ड अपनाएर उद्योग सञ्चालन गर्न पाइने छ ।यस अवधिमा शैक्षिक संस्था, तालिम केन्द्र सिनेमा अल, पार्टी भोजभतेर प्यालेस रंगशाला, फुटसल, खेलकुद, जिमखाना, ब्युटिपार्लर, सैलुन लगायतका सेवाहरु साथै बन्द नै रहने छन । मेलाजात्रा, धार्मिक जात्राजस्ता क्रियाकलाप पनि बन्द नै रहने जनाएको छ ।

ताजा खबर

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

तिलकले छोडे केन्द्रिय सदस्यको पद

Leave a Reply

Your email address will not be published. Required fields are marked *