१६ बर्ष पछि दुई पक्राउ

शेयेर गर्नुहोस


समाधान समाचार,
धनगढी १८ भाद्र/
कैलालीमा डाकाँ चोरी मुद्दामा फरार दुई पुरुष  १६ बर्ष पछि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीले गौरिगंगा नगरपालीका वडा नम्बर २ बस्ने ५६ वर्षीय श्याम चौधरी र सोही ठाउँका ५० वर्षीय फुलपाती चौधरीलाई १६ वर्ष पछि पक्राउ गरेको हो। २०५८ माघ ४ गते राती हातहतियार सहित आएको समुहले नगद तथा धनमाल डाँका चोरी गरी फरार भएको घटनामा संलग्न उनीहरुलाई तत्कालै पक्राउ गरिएको थियो।तर कैलाली जिल्ला अदालतको आदेशले पुर्पक्षका लागी कारागार पठाएका उनीहरु २०६१ माघ २७ गते फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी अदालतमा दाखिला गरिएको छ।

ताजा खबर

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

तिलकले छोडे केन्द्रिय सदस्यको पद

Leave a Reply

Your email address will not be published. Required fields are marked *