शेयेर गर्नुहोस
टीकापुर ३० साउन /
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा तीन हजार पाँच सय भन्दा बढी उपभोक्ताले मतदान गरेका छन् ।
संस्थाको नयाँ नेतृत्व चयनका लागि शुक्रवार भएकोमा मतदानमा तीन हजार पाँच सय ९२ जना उपभोक्ताले मतदान गरेका हुन । ६ हजार ९ सय ४० जना उपभोक्ताले मतदान गर्न पाउने अधिकार रहेको मतदानमा करिब साढे ५१ प्रतिशत मत खसेको निर्वाचन संयोजक श्यामराज पाण्डेले जानकारी दिएका छन् ।
शान्तिसुरक्षाका दृष्टिकोणबाट पनि खानेपानी संस्थाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख नवीन राजा बुढाथोकीले जानकारी दिएका छन् । “हामीले मतदानसम्म शान्तिपूर्ण रुपमा सम्पन्न गरेका छौँ ।” उनले भने, “मतदान पनि शान्तिपुर्ण रुपमै सम्पन्न हुन्छ ।”
खानेपानीको निर्वाचनमा चारवटा प्यानल चुनावी मैदानमा छन् ।










