पसलमा आगलागी, लाखौँको क्षति

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर ०५ भाद्र
/ कैलालीको टीकापुर नगरपालिका वडा नं.१ ब्लक नं. बी स्थित खाद्यान्न तथा दुध डेरीमा आगलागी हुदा लाखौंको क्षती भएको छ ।ति
गएराति डेढ बजेतिर व्यापारी खकेन्द्र कोइरालाको तुलसी इन्टरप्राइजेज तथा तुलसी दुध डेरीमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । विद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । टीकापुर बजारको ठूलो पसलकारुपमा चिनिने पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । पसलमा खाद्यान्न, किराना सँगै दुध डेरी पनि सञ्चालनमा थियो । आगलागीबाट पसलमा सबै नष्ट भएको छ । आगजनीबाट भएको क्षतिको विवरण लिने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *