चक्कु प्रहारबाट एकजनाको मृत्यु

शेयेर गर्नुहोस

समाधान समाचार, टीकापुर २४ कार्तिक /
कैलालीमा टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ बस्ने भुपेन्द्र बडुवालको मंगलबार करिब ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभएको छ । २ समूहबीच झडप हुँदा घटना घटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट बताउँदै प्रहरी नायब उपरीक्षक सापकोटाले घटनाको अनुसन्धान भैरहेको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *