जल उपभोक्त संस्थाको दशाैँ वार्षिक साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस


दिपक संगम विश्वकर्मा , टीकापुर २४/
भुर्षा सिंचाइ योजना जल उपभोक्त संस्था जानकी गाउँपालिका वडा नं. ७को दशाैँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सुदुरपश्चिम प्रदेश सभा सदस्य कैलाश चाैधरिले आफू,किसानको छोरा भएकाले कृर्षका कस्ता समस्या हुन्छन त्यो आफुलाई राम्रोसँग थाहा भएको बताएका छन्। किसानलाई अहिले हैन पहिले देखि खेतीपाती लगाउनको लागि मलजल अभाव हुने, खेति लगाइ सके पछि उत्पादन गरिएको धान गहुँ विक्रिवितरण गर्न समस्या हुने गरेको चौधरीले बताए । संस्थाले गत आर्थिक वर्षको एक लाख ६४ हजार ६ सय ८३ रुपैयाँ ५८ पैसा बराबरको प्राप्ति आय व्यय विवरण सार्वजनिक गरिएको छ। उक्त संस्थाले एक लाख ७७ हजार ३ सय ४७ बेरूजु रकम असुली गर्न बाँकि रहेको देखाएको छ।
संस्थाका अध्यक्ष गोपाल गिरिले दुई दशक अगाडि स्थापना भएको संस्थाले जति उन्नति प्रगति लाभ लिनु पर्ने हो त्यो लिन नसकेको बताएका छन्। सामान्य एउटा सानो कार्यालयमा मात्र रहेको केही नयाँ सामान खरिद गरे पनि राख्नलाई उचित भवनको अभावका कारण गर्न नसकिएको उनले बताएका छन्। संथाको भवनको लागि सबैले आश देखाउने र अन्तेमा निरास बनाउने गुनासो गरेका छन्।
तेस्तै कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष कमल महतोले आफू निर्वाचित वडा अध्यक्ष भईसकेपछि वडाका विभिन्न संघ संस्थाको समस्याहरू बुझिरहेको बताउँदै नेपाल एक कृर्षी प्रधान देश भएकाले कृषीलाई विशेष प्राथमिकता दिएको बताएका छन्। सिचाईमा भएका समस्याहरू लाई समस्या समाधान गर्न लागि रहेको उनले बताएका छन ।
उक्त कार्यक्रममा उक्त वडा भित्र रहेका सम्पुर्ण वडघरहरू , स्थानीय बुद्धिजीवी ,समाजसेवी लगाएत सम्पुर्णको उपस्थिति रहेको थिए । उक्त कार्यक्रमा स्थानीय कलाकारहरूको विभित्र संस्कृतिक नृत्यहरू पनि प्रदशन गरिएको थियो । कार्यक्रममा स्वागत भिखु थारूले गरेका हुन भने सञ्चालन उक्त संस्थाका सचिव गुनादास चाैधरिले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *