टीकापुर जेसीजको वृक्षारोपण कार्यक्रम

शेयेर गर्नुहोस


टीकापुर २३ जेठ /
टीकापुर जेसीज वर्ष २०२३ को आयोजना विश्व वातावरण दिवसको अवसरमा कार्यालय परिसर भित्र वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
वर्ष २०२३ का अध्यक्ष बलराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर जेसीजका पुर्व अध्यक्ष कृतिसिंह बम प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा पुर्व अध्यक्ष श्याम राज पाण्डे, टेकराज रेग्मी, गणेश साउँद, निवर्तमान अध्यक्ष टोपप्रकाश विक लगायतको सहभागिता रहेको थियो । कार्यकारिणी उपाध्यक्ष भरत भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव रुपक बहादुर विष्टले गरेका थिए ।
टीकापुर जेसीजले यस्ता विभिन्न दिवसहरुमा कुनै न कुनै कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सामाजिक रुपमा विभिन्न क्षेत्रमा काम गर्दै आएको जेसीजले युवाहरूको ब्याक्तित्व विकास, नेतृत्व विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *