टीकापुर महोत्सव माघ ४ गतेदेखि हुने

शेयेर गर्नुहोस


टीकापुर १९ मंसिर /
टीकापुर उद्योग वाणिज्य संघले यसवर्षको टीकापुर महोत्सव आउँदो माघ ४ गतेदेखि गर्ने भएको छ ।
संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव माघ ४ गतेदेखी १५ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । संघले महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरेको छ । संघका अध्यक्ष चक्रपाणी सापकोटाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिमा संघका पदाधिकारीहरु सदस्य रहेका छन । त्यस्तै निवर्तमान अध्यक्ष रामबहादुर भण्डारीलाई महोत्सव व्यवस्थापम समिती चयन गरेको बताएको छ ।
महोत्सव सम्पन्न विभिन्न १५ वटा उपसमिति समेत गठन गरिएको मूल समारोह समितिका संयोजक सापकोटाले जानकारी दिएका छन् । जसअनुसार अतिथि सत्कारमा उपाध्यक्ष सन्तोष खड्का, आर्थिक संयोजकमा उपाध्यक्ष कृष्ण उपाध्याय बजगाई, साँस्कृतिकमा सचिव तपेन्द्र कुँवर र छपाईमा कोषाध्यक्ष लोकेश साउँद संयोजक रहेका छन ।
त्यसैगरी सूचना तथा सञ्चारमा प्रकाश उपाध्याय, मञ्च व्यवस्थापनमा पृथ्वीराज ढुंगाना, स्टलमा बमबहादुर ओली, पार्किङ तथा सुरक्षामा नमराज देवकोटा, यातायातमा दुर्गा साहु, ब्यानरमा हेमन्त रावललाई जिम्मेवारी दिइएको छ भने, रमाईलो मेलामा हंशराज रावल, सूचना तथा प्रविधिमा लालबहादुर चौधरी, कृषिमा टीका शाही, परिसरमा जीतबहादुर चौधरी र प्राथमिक उपचारमा माया बागदास संयोजक रहेका छन ।
मूल समारोह समितिका संयोजक सापकोटाले महोत्सव सफल पार्न सबैलाई सक्दो सहयोगका लागि आग्रह गरेका छन । “टीकापुर महोत्सवले यस क्षेत्रको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास हामीले लिएका छौं ।” अध्यक्ष सापकोटाले भने, “महोत्सव सफल पार्नका लागि सबैको सकारात्मक सहयोग र समन्वयको लागि सबैसँग हामी आग्रह पनि गर्दछौं ।
विगत दुई वर्ष कोरोनाका कारण महोत्सव हुन सकेको थिएन । यो वर्ष महोत्सवमा स्थानीयको समेत सकृय सहभागिता रहने संघले विश्वास गरेको छ । संघले महोत्सवले यस क्षेत्रको ब्यापार व्यवशायमा टेवा पुग्नुका साथै कला संस्कृतिको समेत प्रचारप्रसार हुने बताएको छ । महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहनेछ । संघले महोत्सवमा करिव दुई सय ५० स्टल रहने बताएको छ । ती स्टल बुकिङका लागि खुल्ला गरिएको समेत संघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *