तेक्वान्दोमा दुईजना अवार्ड सहित सम्मानित

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २४ असोज /
नेपाल आईटीएफ तेक्वान्दो महासंघ अन्तरगत को स्टार तेक्वान्दो एकेडेमीमा टीकापुर नगरपालिका वडा नं. १मा दुईजना बेस्ट खेलाडी अवार्ड सहित सम्मानित भएका छन् ।
सुदुर पश्चिमकै नमूना एकाडेमी आईटीएफको अन्तरास्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक बाट प्रशिक्षण गराउदै आइरहेको उक्त एकेडेमीबाट छात्रतर्फ मिलन विक र छात्रातर्फ मनिषा साउँद बेस्ट अवार्डसहित सम्मानित भएका हुन । तेक्वान्दोको अल ईन्डिया हेड कोचको काम गरिसकेका प्रकाश जैगडिले प्रशिक्षण गराउँदै आएको उक्त एकेडेमीमा अहिले थुप्रैले प्रशिक्षण लिइरहेका छन् । करिब २ दर्जन देशबाट मेडल प्राप्त जैगडीले करिब १ वर्ष भन्दा अगाडिदेखि नेपालमा पनि आफ्नो शाखालाई बिस्तार गरि प्रशिक्षण गराउदै आइरहेको उनले बताएका छन् ।
दुई दर्जन देश ईन्डिया को नाम ले मेडल जिताउन सफल जैगडीले आफनो देशलाई पनि अन्तरास्ट्रिय स्तरमा चिनाउन, र नयाँ पुस्तालाई मोबाइल लागुऔसध बलात्कार चोरी लगायत सामाजिक बिकिर्तीहरुबाट युवा बालबालीकालाई यस्ता बिकृतीमा नलागुन र स्वस्थ भै देश लाई अन्तरास्ट्रिय स्तर मा तेक्वान्दो मार्फत चिनाउने उद्देश्यले नेपाल फर्किएको जैगडीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *