नेतृत्वमा आकांक्षी बढेपछि कैयौं पालिकामा सम्मेलन अनिश्चित बन्दै

शेयेर गर्नुहोस


टीकापुर ०२ पुस /
नेकपा माओवादी केन्द्रभित्रको आन्तरिक खिचातानीले कतिपय पालिकामा पालिकास्तरका सम्मेलनहरू अनिश्चित बनेका छन् ।
१३ पालिका रहेको कैलालीमा मंसिर ३० गते अगाडि नै अधिकांश पालिकाहरूको सम्मेलन उद्घाटन गरिएको थियो । नेतृत्वका लागि देखिएको हानथापले कैयौं पालिकामा अझै सम्मेलन सम्पन्न हुन सकेका छैनन् । हालसम्म कैलारी गाउँपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, मोहन्याल गाउँपालिका र धनगढी उपमहानगरपालिकाले मात्रै सम्मेलन सम्पन्न गरेका छन् ।
सम्मेलनले कैलारी गाउँपालिकामा बतासु चौधरीको नेतृत्वमा नयाँ समिति बनेको छ । भजनी नगरपालिकामा जगत बिकले नेतृत्व सम्हालेका छन् भने जोशीपुर गाउँपालिकामा दिर्घ विनाडी, जानकी गाउँपालिकामा कृष्ण सोडारी, मोहन्याल गाउँपालिकामा देवीदत्त उपाध्याय र धनगढी उपमहानगरपालिकामा बलबहादुर ऐरको अध्यक्षमा नयाँ समिति बनेको छ ।
माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका, चुरे गाउँपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, टीकापुर नगरपालिका र बर्दगोरिया गाउँपालिकामा नेतृत्वमा आकांक्षी बढी हुँदा सहमति जुट्न सकेको छैन । टीकापुर नगर इन्चार्ज दयाराम संज्यालका अनुसार टीकापुर नगरको सम्मेलन अर्को सुचना जारी नभएसम्मका लागि स्थगित नै भएको छ ।
गौरीगंगा नगरपालिकामा त झन् निर्वाचन समिति नै दुई वटा गठन भएपछि सम्मेलनको निर्वाचन कार्यक्रम नै स्थगित भएको थियो । पछि माओवादीको केन्द्रको निर्वाचन आयोगले २०७८ मा गठित निर्वाचन समितिले नै निर्वाचनको कार्यक्रम अगाडि बढाउनुपर्ने निर्देशन दिएपछि निर्वाचनको कार्यक्रम अगाडि बढाइएको अध्यक्ष चौधरीले जानकारी दिएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *