पथरिया नदीमा तटबन्धका लागी रानि जमरा सकारात्मक

शेयेर गर्नुहोस


खेमराज पाण्डे
भजनी ०३ भाद्र /
भजनी नगरपालिका क्षेत्रमा पर्ने पथरिया नदिमा तटबन्धका लागी रानी जमरा कुलरीया सिचाई आयोजना सकारात्मक देखिएको छ।
नगरपालिकाका नगर प्रमुख सेरबहादुर चौधरी र राष्ट्रिय सभा सदस्य हरिराम चौधरीले रानिजमरा कुलरिया सिँचाइ आयोजना सङ्ग तटबन्ध निर्माण सम्बन्धमा भएको छलफल आयोजना सकारात्मक देखिएको हो। राष्ट्रिय गौरवको रानि जमरा कुलरिया सिँचाइ आयोजना टिकापुर कैलालीको कार्यालयमै भजनी नगरपालिकाका नगरप्रमुख शेर बहादुर चौधरी “किरण” र राष्ट्रिय सभा सदस्य माननिय हरिराम चौधरी “उत्सब” ले संयुक्त रूपमा सिँचाइ आयोजना प्रमुख डी विदुर श्रेष्ठ सङ्ग तटबन्धको लागि छलफल भएको नगर प्रमुख चौधरीले जानकारी दिएका छन। नगर प्रमुख चौधरीले आयोजनाले एक तर्फि तटबन्ध सहित डयाम निर्माण गर्दा भजनी तर्फ पथरिया नदीले कटान र डुवान गरेको भन्दै भजनी नगरपालिका तर्फ तत्काल तटबन्ध निर्माण गर्न र काढाँनदी गरीको बिस्तृत सर्वेक्षणबारे भइरहेको कामको प्रगतिको बारेमा समेत छलफल भएको बताएका छन।
छलफलका क्रममा आयोजना प्रमुख श्रेष्ठले भजनी नगरपालिका वडा नं. ८ छछहरवा, बहादुरपुर, बडका जनकपुर, दैलेखीटोल र भर्थानटोलमा १ अर्बको ठेक्का टेन्डर भई ७० करोडमा ठेक्का स्वीकृत भएको बताउदै आउदो असोज बाट तटबन्ध सहित उच्च डयाम निर्माण हुने जानकारी दिएका छन १ अर्बमा को तटबन्ध निर्माण योजना ७० करोड बिलो गइ बाकी हुन गएको ३० करोड रकम समेत भजनी नगरपालिकामा आवश्यक ठाउँमा लगानि गर्ने समेत श्रेष्ठले बताएका छन। उनले भजनी नगरपालिका वडा नं.८ काढाँनदीमा गत वर्ष नै ठेक्का भइ सकेको समेत जानकारी दिएका छन । काढाँनदीको सन्दर्भमा ५० किलो मिटर सर्बे भैसकेकाले उक्त नदीमा तटबन्ध निर्माण कार्य सञ्चालन गर्न मन्त्रिपरिषद बैठकबाट स्वीकृत हुनु पर्ने भएकाले मन्त्रिपरिषद बाट स्वीकृत गर्नको लागी माननिय ज्युले पहल गर्नु पर्ने आयोजना प्रमुखले बताएका छन।
राष्ट्रिय सभा सदस्य माननिय हरि राम चौधरीले काढाँनदीको सर्बे भई सकेकाले उक्त सर्बे प्रतिबेदन मन्त्रिपरिषद बाट स्वीकृत गराउन गम्भीर भएर पहल गर्ने प्रतिबद्धता ब्याक्त गरेका छन। राजधानी फर्किए लगतै उक्त कार्यलाइ प्राथमिकता दिइ पहिलो चरणमा काढाँनदीको सर्बे भई सकेकाले बिषयमा सम्बन्धित मन्त्री , प्रधानमन्त्री र पार्को ध्यानाकर्षण गराइ तत्काल काढाँनदिको सर्बे प्रतिबेदन मन्त्रिपरिषद बाट स्वीकृत गराउने चौधरीले बताएका छन।
भजनी नगरपालिका मा रहेका अन्य कान्द्रा र मोहना नदीमा समेत तटबन्ध निर्माणको लागी गम्भीर भएर पहल गरी बाढीको प्रभाव र जोखिम न्यूनीकरण गरी क्षति कम गर्न भजनी नगरपालिका नगर प्रमुख, संघीय सांसद, राष्ट्रिय सभा सदस्य ,मूख्यमन्त्री , मन्त्री हरु, प्रदेश सभा सदस्य, संबिधान सभा सदस्य ,पुर्ब माननिय र सम्पूर्ण दलका राजनीति कर्मी नेताहरु एकताबद्ध भई भजनिलाई डुवान र बाढीबाट छुटकारा दिन स्थानियले आग्रह गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *