पाँच महिनामा झण्डै साढे चार लाखको सामान बरामद

शेयेर गर्नुहोस

  
टीकापुर ०९ असोज /
ईलाका प्रहरी कार्यालय जोशीपुरले पछिल्लो पाँच महिनामा झण्डै साढे चार लाख बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय जोशीपुरले बैशाख महिनादेखि भदौ महिनासम्ममा चार लाख ३८ हजार ६ सय ४० रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो । कार्यालयका प्रमुख एवम् प्रहरी नायक निरीक्षक मीन बहादुर साउँदका अनुसार वैशाख महिनामा एक क्विन्टल ५० किलो प्याज, एक क्विन्टल ५० किलो चिनी र किरानाका सामान गरि झण्डै ३० हजार तीन सय  बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।
    त्यसैगरी जेठ महिनामा एक सय ६८ थान छाता, तीन क्विन्टल ६८ किलो प्याज, एक क्विन्टल भारतीय उत्पादित माछा, एक क्विन्टल २० किलो धानको बीउ, ५६ किलो घाँसको बीउ र किरानाका सामान गरि दुई लाख ८ सय ४० रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरी नायक निरीक्षक साउँदले बताएका छन्  । असार महिनामा ८० किलो चिनी र किरानाका सामान झण्डै १७ हजार ७० रुपैयाँ बराबरको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको थियो ।
           साउन महिना पनि अवैध सामान जोशीपुर प्रहरीले बरामद गरेर भन्सार पठाएको तथ्यांकमा उल्लेख छ । साउनमा एक क्विन्टल प्याज, एक क्विन्टल ५० किलो चिनी, मोबाइल चार्जर २७ थान, ईयर फोन ९३ थान र स्मार्ट घडी १५ थान गरि एक लाख ६ हजार तीन सय बराबरको सामान बरामद गरिएको थियो । त्यसैगरी भदौ महिनामा चार क्विन्टल ५० किलो चिनी, तीन क्विन्टल प्याज र पान मसला गरि ८४ हजार ८ सय बराबरको सामान बरामत गरेको छ ।
प्रहरी कार्यालय जोशीपुरले विना इजाजत वन पैदावार कटान तथा ओसारपसार मुद्दामा संगलन जिल्ला अदालतबाट ८१ हजार एक सय एक रुपैयाँ जरिवाना फैसला भएको प्रतिवादीलाई गोप्य सुचनाका आधारमा पक्राउ समेत गर्न सफल भएको साउँदले बताएका छन् । चारजना फरार प्रतिवादी र लागुअाैषध दुर्व्यसनीमा दुईजना पक्राउ गरेको बताइएको छ ।
      “म आएको छ महिना पुग्न लाग्यो अहिले सम्म शान्ति सुरक्षाको विषयमा संतोषजनक काम गरेको मलाई विश्वास छ ।” उनले भने “मैले शान्तिसुरक्षामा भएको कडाइले समाजमा आपराधिक क्रियाकलापहरु भएका छैनन् । उनले विशेषगरी चाडपर्वहरु नजिकिँदै जाँदा शान्तिसुरक्षामा बढी जिम्मेवार हुनुपर्ने भन्दै रात्रीकालिन रुपमा सञ्चालनको कार्यक्रमहरुका लागि जनशक्ति अभाव देखिको बताएका छन् । रात्रीकालिन कार्यक्रममा शान्तिसुरक्षाका दृष्टिकोणले बढी संवेदनशील पनि हुने बताउँदै साउँदलेजनशक्ति अभावमा सुरक्षाकर्मी सबै ठाउँ उपस्थित हुन नसक्ने स्थितिमा सरोकारवाला निकायहरुले समन्वय गरिदिन पनि आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *